Headline

एनआरटीसँगको हारसँगै फ्रेण्ड्समाथि रेलिगेसनको संकट गहिरियो

Published

on

न्युरोड टिम (एनआरटी) सँग पराजित भएपछि फ्रेण्ड्स क्लबमाथि शहीद स्मारक ए डिभिजन लिगमा रेलिगेसनको संकट गहिरिएको छ ।

दशरथ रँगशालामा पाँच वटै गोल बिदेशी खेलाडीबाट भएको शुक्रबारको दोश्रो खेलमा फ्रेण्ड्स ३–२ ले पराजित हुन पुग्यो । एनआरटीका लागि दुई गोल मेसुके ओलोमोउले गरेका थिए ।

यो सिजन हालसम्म जितको खाता खोल्न नसकेको फ्रेण्ड्सको ७ खेलबाट जम्मा तीन अंक मात्र रहेको छ उ लिगको पुछारमा छ ।

रेलिगेसन जोनमै रहेको अर्को टोली च्यासल युथ क्लबको चार अंक छ भने ब्रिगेड बोइज क्लबको पाँच तथा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबको समान ६ अंक रहेको छ ।

एनआरटीले भने राहतको ठूलो साँस फेरेको छ । ७ खेलबाट १० अंकसहित एनआरटी पाचौं स्थानमा उक्लिएको छ । चार बराबरी गरेको एनआरटीको यो मात्र दोश्रो जित हो ।

शिर्ष स्थानको मच्छिन्द्र फुटबल क्लबको १४ अंक छ भने मनाङ मस्र्याङ्गदी क्लबको १३, संकटा क्लबको १२ र त्रिभुवन आर्मी क्लबको ११ अंक छ । सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबको समान ८ अंक छ ।

शुक्रबार एनआरटीको जितमा बिदेशी खेलाडीहरुको प्रदर्शन उच्च रह्यो । पार्चौ मिनेटमै स्टेफन समिरले लो ड्राइभमा गोल गर्दै एनआरटीका लागि अग्रता दिलाए । १५ मिनेटपछि मेसुकेले एकल प्रयासमा सुन्दर गोल गरे ।

८१ औं मिनेटमा एन्थोनी फ्रान्कोइसले हेडर मार्फत गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्काए । ९५ औं मिनेटमा काउन्टर अट्याकमा मेसुकेले सहज ट्याप इन गर्दै एनआरटीको जित सुनिश्चित पारेका थिए ।

९७ औं मिनेटमा फ्रि किकमा आएको बलमा नथानियल गार्सियाले गोल गरेपनि फ्रेण्ड्सका लागि अर्को पुनरागमनको लागि समय पर्याप्त भए ।

Click to comment

Trending