Headline

किन रोनाल्डो राती सुत्दैनन् ?

Published

on

भनिन्छ कुनै पनि मानिसलाई स्वस्थ रहन ६–८ घण्टाको निन्द्रा आवश्यक पर्दछ । झन् खेलाडीहरूलाई ८–१० घण्टाको निन्द्रा चाहिने हुन्छ ।

विज्ञहरूका अनुसार निन्द्रा राम्रो हुँदा हाम्रो शरीरले विश्राम पाउने गर्छ भने खेलाडीहरूको माँसपेसीले आराम गर्ने मौका पाउँछ र निको हुने समय पनि । त्यस माथि दिउँसो भन्दा रातीको निन्द्राले शरीरलाई फाइदा पुग्ने यस सम्बन्धी अध्ययन गर्ने जानकारहरू बताउँछन् ।

तर अचम्मको कुरा पोर्चुगलका स्टार क्रिष्चियानो रोनाल्डो न त रातमा नै सुत्छन् न ८–१० घण्टा नै आफ्नो निन्द्रा पुरा गर्दछन् । तर किन ?

आफ्नो निन्द्रा पुरा नगर्दा पनि रोनाल्डो ३६ वर्षको उमेरमा पनि कसरी यस्तो फिट रहन सकेका छन् त ?

यो सुन्दा झन् अचम्म लाग्न सक्छ कि रोनाल्डोले राती ८–१० घण्टा नसुतेको आठ वर्ष भन्दा बढी भइसकेको छ ।

रोनाल्डोले यो आफैले बनाएको नियम भने होइन । यो उनलाई निन्द्रा विशेषज्ञले रियल म्याड्रिडमा आउँदा दिएको सल्लाह हो । जसका कारण उनले सन् २०१३ देखि यही नियम पालना गर्दैछन् ।

ति विशेषज्ञले रोनाल्डोलाई आठ घण्टा सुत्नुको सट्टा ९० मिनेटको निन्द्रा पाँच पटक सुत्न सल्लाह दिएका हुन् । जस अनुरूप रोनाल्डो प्रति दिन सात घण्टा ३० मिनेट सुत्ने गर्दछन् भने एकै पटकमा नभएर पाँच पटकमा गरेर ।

यो कुनै नयाँ नियम भने हैन । धेरै जसो उत्कृष्ट खेलाडीहरू यसै सूत्रलाई पक्ष्याउने गर्दछन् । निक लिटलहेल्सले उत्कृष्ट खेलाडीहरू कसरी सुत्छन् भन्ने एउटा किताब लेखेका छन् ।

उनका अनुसार खेलाडीहरू आठ घण्टा नै सुत्न पर्दछ भन्ने सत्य नभएको बताउँछन् । त्यस्तै एकै पटक सुत्नु भन्दा एक–एक छिन गरेर निन्द्रा र्पुयाउँदा बढी फाइदा पुग्ने जनाउँछन् ।

जब रोनाल्डोले यस विषयमा थाहा पाए त्यस समय देखि उनी यसैलाई नै कठोर रुपमा पछ्याउँदै आएका छन् । चाहे त्यो खेल अथवा अभ्यासका क्रममा होस वा खेलबाट विश्राम वा घुम्न जाँदा ।

त्यस बाहेक रोनाल्डोले पालना गर्ने अर्को नियम भनेको, सामाजिक सञ्जालमा निकै व्यस्त रहने उनी सुत्न जानु अघि करिब डेढ घण्टा अघि आफ्नो मोबाइल, ल्यापटप वा आइपड चलाउँदैनन् ।

Click to comment

Trending