Headline

ए डिभिजन लिगः एपिएफले आर्मीलाई बराबरीमा रोक्यो

Published

on

त्रिभुवन आर्मी फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पाचौं पटक बराबरीमा रोक्किएको छ ।

दशरथ रँगशालामा सातौं चरणको शुरुवातसँगै आर्मी शुक्रबारको पहिलो खेलमा आर्मी नेपाल एपिएफ क्लबसँग १–१ गोलको बराबरीमा रोक्किएको हो । उपाधिमा दाबेदारीता दिइरहेको आर्मीको लागि यो अर्को निराशाजनक नतिजा हो ।

यसअघि नै लिगमार्फत एएफसी कपको दौडबाट बाहिरिसकेको आर्मी ७ खेलबाट ११ अंकसहित चौथो स्थानमा कायमै रहेको छ । बलियो आर्मीबिरुद्धको बराबरीले एपिएफलाई भने राहत मिलेको छ । तर उसको लागि रेलिगेसनको खतरा अझै पनि टरिसकेको छैन ।

एपिएफ ६ अंक सहित ११ औं स्थानमा छ भने रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबको चार र फ्रेण्ड्स क्लबको तीन अंक छ । ब्रिगेड बोइज क्लबको पाँच अंक छ । तीन वटै टिमको हातमा एक खेल छ ।

बिभागीय डर्बीमा शुक्रबार दुवै टोलीबाट पहिलो हाफमा गोल हुन सकेन । ६३ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । दिनेश हेन्जनले निकालेको पासमा जर्ज प्रिन्सले उत्कृष्ट ड्रिब्लिङ्गको नमुना देखाउदै पेनाल्टी एरिया बाहिरबाट शान्दार गोल गरेका थिए ।

आर्मीको खुशी लामो समय टिक्न सकेन । चार मिनेटपछि बिक्की तामाङले एपिएफका लागि बराबरी गोल गरे । कप्तान नविन लामाले गरेको प्रहार आर्मीका किपर बिकेश कुथुले रोकेपछि आएको रिबाउण्डमा बिकीले गोल गरेका हुन् ।

लिगमा जर्ज प्रिन्स र बिक्कीले आफ्नो दोश्रो व्यक्तिगत गोल गरेका हुन् । जर्ज प्रिन्स म्यान अफ द म्याच भएका थिए ।

Click to comment

Trending