Headline

कसरी इंगलिस प्रिमियर लिग यो सिजन वान–हर्स रेस बन्दैछ ?

Published

on

दुई हप्ताभन्दा केही बढी समय अघि म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी इंगलिस प्रिमियर लिगमा तीन तर्फी उपाधि होडमा रहने तय जस्तै थियो । तर अहिले प्रिमियर लिग एक घोडे दौड बन्न गइरहेको आभाष भएको छ ।

डिसेम्बर १४ मा खेलहरु शुरु हुँदा शिर्ष स्थानका तीन टोली मात्र दुई अंकको अन्तरमा थिए । डिसेम्बरको अन्त्यमा समयमा समय फास्ट फर्वार्ड गर्ने हो भने सिटी दोश्रो स्थानको चेल्सीभन्दा ८ अंकले अगाडी रहिसकेको छ ।

बुधबार पेप ग्वार्डियोलाको सिटीले ब्रेन्टफोर्डबिरुद्ध आफ्नो उत्कृष्ट दिन नसकेपनि १–० को जित हात पार्दै स्पष्ट तीन अंक लिन पर्याप्त गरेको थियो । त्यही दिन चेल्सी भने अन्तिम समयमा सम्हालिन नसक्दा ब्राइटनसँग बराबरीमा रोक्कियो ।

त्यसको एक दिनअघि लिभरपुल चोटग्रस्त लेस्टर सिटीको दह्रो चुनौतिमा पराजित हुन पुग्दा सिटीसँग दुरी छोट्याउन असफल रह्यो । यद्दपि सिटीभन्दा ९ अंक पछाडी रहेको लिभरपुलको हातमा अझै एक खेल छ ।

नयाँ बर्षको शुरुवातसँगै सिटीको लागि प्रिमियर लिग एक घोडे दौड बन्नको लागि कस्ता तत्वहरुले प्रभाव पार्न सक्छन् त ?

अंक अन्तर

आइतबार चेल्सी र लिभरपुल स्ट्यामफोर्ड ब्रिजमा भिड्नु भन्दा एक दिन अघि चौथो स्थानको आर्सनललाई हराउने हो भने सिटीले अंक तालिकामा ११ अंकको अग्रता लिन सक्छ ।

यसअघि नै पाँच बर्षमा चौथो पटक उपाधि जित्ने दाबेदारको रुपमा रहेको सिटी जनवरीको शुरुवातमै दोहोरो अंकको अग्रता पाउने हो भने प्रतिस्पर्धीहरु निकै पछि पर्नेछन् । आइतबार लिभरपुल र चेल्सीले बराबरी खेल्ने हो भने सिटीलाई सबैभन्दा ठूलो फाइदा हुनेछ ।

अपेक्षाकृत रुपमै ग्वार्डियोलाले उपाधि दौड समाप्त नभएको बताउदै आउदा सिटीका प्रतिद्वन्दीको स्तरलाई उच्च स्थान दिएका छन् ।

गत सिजन च्याम्पियन्स लिग जित्दै यो सिजनको शुरुवात प्रिमियर लिगको पनि उपाधि जित्ने दाउमा रहेको चेल्सी त्यो फर्मबाट अहिले टाढा छ ।

“अझै धेरै खेल्न बाँकी छ । हामीले ८ अंकको अग्रता लिए पनि ५४ अंकका लागि खेल हुन बाँकी छन् र ती मध्ये धेरै खेल हाम्रो लागि निकै गाह्रो पनि छन् । चेल्सी र लिभरपुलसँग रहेका खेलाडीहरु बिश्वस्तरका हुन भन्ने हामीले बुझ्न आवश्यक छ,” ग्वार्डियोला भन्छन् ।

लेस्टरसँग पराजित भएपछि लिभरपुल व्यवस्थापक योर्गन क्लोपले आफ्नो टोलीले खेलको स्तर माथि नउकास्ने हो भने सिटीलाई भेट्टाउनतर्फ नसोच्दा हुने स्विकारेका थिए । लिभरपुल र चेल्सी दुवै आइतबार अंक गुमाउन नसकिने अवस्थामा हुनेछन् ।

चोट र कोभिड

चेल्सी व्यवस्थापक थोपस टुचेल आफ्नो टोलीमा चोट र कोभिड संक्रमणसँग जुझ्न संघर्ष गरिरहदा लिभरपुलबिरुद्ध टिम बनाउदा प्रशिक्षण दौरान ट्रायल र गल्ति रणनीति लिने योजनामा छन् ।

विँग ब्याक रिस जेम्स ब्राइटनबिरुद्ध ह्यामस्टिङको चोटका कारण बाहिरिनु एक दिनअघि चेल्सीले बेन चिलवेलको घुँडाको शल्यकृया आवश्यक रहेको थाहा पाएको थियो । च्याम्पियन्स लिग बिजेता टोली थियागो सिल्भाको तिघ्रा र आन्द्रेस क्रिष्चेन्सनको ढाँडको चोट समाप्त हुने पर्खाईमा रहेको छ ।

यस्तै टिमो वेर्नर सहित अन्य केही खेलाडीहरुको कोभिडको संक्रमणबाट ठिक भइसकेपनि त्यसपछिको असरबाट बाहिरिने संघर्ष गर्दै आइरहेका छन् ।

टुचेलको लागि एक मात्र सकारात्मक समाचार रोमेलु लुकाकुको पुनरागमन हो । मध्य अक्टोबरमा गोलीगाँठोको समस्या र कोभिडको आइसोलेसनबाट फर्किए यता लुकाकुले लगातार दुई खेलमा गोल गरिसकेका छन् ।

अफ्रिका कप अफ नेसन्सका कारण लिभरपुलले लिगका सर्वाधिक गोलकर्ता मोहम्मद सलाहसँगै सादियो मानेलाई पनि गुमाउदैछ

लेस्टरसँग हार्नु अघि लगातार १० खेलमा अपराजित रहँदै आए पनि भर्जिल भान डाइक, फाबिन्हो र थियागो अलकान्टारा लगायतका खेलाडीहरु कोरोनाकै कारण अनुपस्थित रहेका कारण क्लोप पनि आफ्नो टिममा नियमित रुपमा हेरफेर गर्न बाध्य हुँदै आएका छन् ।

ग्वार्डियोला भने यस्ता समस्याबाट केही पर छन् । काइल वाकर, रोद्री र जोन स्टोन्स ब्रेन्टफोर्डबिरुद्ध अनुपस्थित रहे पनि उनको बेञ्चमा समेत स्तरीय खेलाडीहरुको उपस्थिति थियो ।

अफ्रिका कप अफ नेसन्स

सबैभन्दा ठूलो समस्यामा लिभरपुल छ । अफ्रिका कप अफ नेसन्स आउदै गर्दा लिभरपुलले प्रिमियर लिगका शिर्ष गोलकर्ता मोहम्मद सलाहसँगै सादियो माने र नाबी किटालाई गुमाउदै छन् । अफ्रिका कप अफ नेसन्स जनवरी ९ देखि शुरु हुन गइरहेको छ ।

यस्तो स्थितिमा लिभरपुलको लागि गोल गर्नु पर्ने जिम्मेवारी डियोगो जोटाको काँधमा हुनेछ । उनी १० गोलसहित लिगको दोश्रो सर्वाधिक गोलकर्ता हुन् । तर उनी बाहेक अन्य फर्वार्डहरुले पनि आफ्नो खेल उकास्नु पर्नेछ भने पछिल्लो चार खेलमा मात्र एक क्लिन सिट रहँदा डिफेन्स टाइट हुन पनि आवश्यक छ ।

चेल्सी पहिलो रोजाइका गोलकिपर एडुवार्डो मेन्डीलाई गुमाउदैछ तर मोरक्को राष्ट्रिय टोलीमा नपर्दा मिडफिल्डर हकिम जियेच भने टोलीमै रहने छन् । रहिम स्टर्लिङ्ग फर्ममा फर्कदै गर्दा अल्जेरियन स्ट्राइकर रियाद माह्रेजको अनुपस्थितिले सिटीलाई भने धेरै फरक नपर्न सक्छ ।

Click to comment

Trending