Headline

कारबाहीमा परेका ज्ञानेन्द्र, दिपेन्द्र, सोमपाल र कमल सहित बन्द प्रशिक्षणका लागि ३० सदस्यीय टोलीको नाम सार्वजनिक

Published

on

नेपाल क्रिकेट संघले फाल्गुनमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटका लागि बन्द प्रशिक्षणका लागि ३० सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । क्यानले नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको सल्लाहमा हालको लागि ३० जनाको नाम सार्वजनिक गरेको छ ।

आज सार्वजनिक भएको नाममा क्यानको कारबाहीमा परेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी सहित सोमपाल कामी र कमल सिंह ऐरीलाई पनि ३० सदस्यीय टोलीमा स्थान दिइएको छ । ज्ञानेन्द्रको कप्तानी फिर्ता नभए सम्म चार जना लगायत अन्य खेलाडीले नेपालको लागि नखेल्ने अडान राखेको भए पनि क्यानले उनीहरुको नाम बन्द प्रशिक्षणका लागि समावेश गरेको छ ।

त्यस्तै क्यानले बिक्रम सोब, भिम सार्की, जितेन्द्र मुखिया, राजेश पुलामी मगरलाई पनि टोलीमा स्थान दिँदा सौरभ खनाल पनि ३० जना भित्र पर्न सफल भएका छन् । त्यस्तै क्यानले यु१९ टोलीका युवा अलराउण्डर विवेक यादवलाई पनि समावेश गरेको छ ।

क्यानले आगामी आइतबारबाट काठमाडौँमा नै बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ भने सबै खेलाडीलाई शनिबार सम्म काठमाडौँमा उपस्थित हुन भनेको छ ।

नेपाली टोली : -सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, बिक्रम सोब, भिम सार्की, रोहित कुमार पौडेल, प्रदिप ऐरी, गुलशन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरि शंकर साह

 

Click to comment

Trending