Headline

ज्ञानेन्द्रलाई कप्तानबाट हटाउने निर्णय उल्टिदैनः दासानायके

Published

on

नेपाली क्रिकेट सम्हाल्न फर्किएका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायेकेले ज्ञानेन्द्र मल्ल कप्तानीमा नफर्कने स्पष्ट पारेका छन् ।

ज्ञानेन्द्र तथा उपकप्तान दिपेन्द्र सिँह ऐरिलाई नेपाल क्रिकेट संघले मंसिर २९ गते अनुशासन उल्लंघन गरेको भन्दै पदबाट हटाएको थियो । क्यानले सेन्ट्रल कन्ट्रयाक्टको बिषयमा मिडियामा बोल्दै अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र दिपेन्द्रको कप्तानी र उप–कप्तानी खोस्नुका साथै दुईजनाका साथै तिब्र गतिका बलरद्वय सोमपाल कामी र कमल सिँह ऐरिलाई २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्रयाक्ट मै नरहने निर्णय गरेको थियो ।

त्यसयता दुवै पक्षबीच छलफल भएपनि बिवाद थाप्न सकेको छैन । क्यानले सेन्ट्रल कन्ट्रयाक्टको बिषयमा निर्णय फिर्ता लिने बताए पनि खेलाडीहरुको अडान भने ज्ञानेन्द्रले नै कप्तानी पाउने रहदै आएको छ । यो अडानमा कारवाही भएका चार खेलाडी बाहेक राष्ट्रिय टोलीकै अन्य सदस्यहरु पनि जोडिएका छन् ।

दासानायकेले मध्यस्तकर्ताको भुमिका खेल्दै क्यानको निर्णय उल्ट्याउने अपेक्षा खेलाडीहरुको रहेपनि उनले बिहिबार क्यानको निर्णयलाई सम्मान गरिनु पर्ने बताएर आफ्नो धार स्पष्ट पारेका छन् ।

नेपाल आगमनपछिको पहिलो सार्वजनिक अन्तरकृयामा के क्यानको निर्णय उल्टिन सक्छ? भन्ने प्रश्नमा दासानायकेले भनेः “त्यो अब हुँदैन ।”

“मैले क्यानका अध्यक्ष मात्र नभएर सचिव र कोषाध्यक्षसँग पनि राम्ररी नै कुरा गरिसकेको छु । यो बोर्डको निर्णय हो । प्रशिक्षकको रुपमा म यसलाई चुनौति दिन सक्दिन । म यो निर्णयको सम्मान गर्छु । क्यान कन्ट्रयाक्ट लगायत अन्य बिषयमा लचिलो रहेपनि कप्तानको बिषयमा अडिग छ र यो निर्णय उल्टिदैन ।”

कप्तान हटाउने निर्णय नउल्टिए खेलाडीहरु ट्वान्टी ट्वान्टी बिश्वकप छनोटको प्रशिक्षणमा नआउने पक्षमा रहँदा पुबुदुले भने क्याम्पको बिषयलाई लिएर आफू खेलाडीहरुको पक्षबाट बोल्न हाल असमर्थ रहेको पनि बताए ।

“मैले खेलाडीहरुसँग लामै समय छलफल गरेको हो । आशा गरौं वहाँहरु प्रशिक्षमा आउनु हुनेछ । म के निश्चित गर्दछु भने म यहाँ रहुञ्जेल टिमको वातावरण, पद्दति, खेलाडी र सपोर्ट स्टाफहरु कसैलाई समस्या हुने छैन,” उनले भने ।

Click to comment

Trending