Headline

सेन्ट्रल जोन भलिबल च्याम्पियन नेपाल स्वदेश फर्कियो

Published

on

बंगलादेशमा हालै सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्किएको छ । त्यस्तै प्रतियोगितामा पुरुष तर्फ चौथो स्थान हात पारेको पुरुष टोली पनि आजै आफ्नो देश फर्किएको हो ।    

ढाकामा सम्पन्न निकै नै प्रतिस्पर्धात्मक खेलमा समुह चरणमा अपराजित रहेको नेपालले फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै लगातार दोश्रो पटक उपाधि चुमेको  हो । नेपालले सन् २०१९ मा भएको अघिल्लो संस्करणको फाइनलमा माल्दिभ्सलाई ३-० सेटले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो । 

फाइनलमा नेपालले पहिलो सेट २६-२४ ले आफ्नो पक्ष्यमा पार्यो । २४-२४ को अवस्थामा पुगेको खेलमा नेपालले दुई अंक जोड्दै पहिलो सेटमा अग्रता लियो । दोश्रो सेट पनि २४-२४ को अवस्था सम्म पुगे पनि नेपालले सेट गुमाउन पुग्यो । तेश्रो सेटमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल २५-१५ ले जित्यो । चौथो सेटमा उज्वेकिस्तानले २२-२५ ले आफ्नो पक्ष्यमा पार्न सफल भए पनि नेपालले पाँचौं तथा अन्तिम सेट १५-१० ले जित्दै उपाधि जित्न सफल भयो ।

समुह चरणको पाँच खेल मध्य पाँचमा नै जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गरेको थियो ।   

नेपाल सरकारले हिजो मात्र विजेता महिला टोलीलाई जनही पाँच लाख नगद सहित सम्मान गर्ने जनाएको थियो ।

Click to comment

Trending