Headline

सिटीको प्रिमियर लिग उपाधिमा कसिलो पकड

Published

on

यो सिजन म्यानचेस्टर सिटीको इंगलिस प्रिमियर लिगको उपाधिमा यति कसिलो पकड भएको थिएन । नयाँ बर्षतर्फ लाग्दा ब्रेन्टफोर्डबिरुद्ध १–० को जितसँगै चेल्सी अन्तिम समयमा ब्राइटनसँग रोक्किएपछि डिफेन्डिङ्ग च्याम्पियन सिटीले ८ अंकको अग्रता बनाएको छ ।

अर्को उपाधि दाबेदार लिभरपुल चोटले ग्रस्त लेस्टरसँग पराजित हुँदा सिटीको लागि पछिल्लो २४ घण्टा उसकै पक्षमा रह्यो । बुधबार स्ट्याफोर्ड ब्रिजमा एक आपसमा भिड्नु अघि चेल्सी तेश्रो स्थानमो लिभरपुलभन्दा एक अंकले अघि रहँदै ४२ अंकका साथ दोश्रो स्थानमा उक्लिएको छ । र आइतबारको खेलपछि एक न एक टोलीले अंक गुमाउने पक्क छ ।

चेल्सी र एक खेल कम खेलेको लिभरपुलले अंक बाड्ने हो भने सिटीको लागि त्यो सबैभन्दा उपयुक्त नतिजा हुनेछ । लिभरपुलको लागि घाँटाको कुरा के पनि छ भने उसले फर्ममा रहेका दुई खेलाडी मोहम्मद सलाह र सादियो मानेलाई अफ्रिका कप अफ नेसन्सका लागि गुमाउँदैछ ।

सिटीले २०२१ मा ३६ जित हाँत पार्दै नयाँ किर्तिमान समेत बनाएको छ । यस क्रममा सिटीले १९ अवे जितको पनि किर्तिमान कायम गर्यो भने १ सय १३ गोलको नयाँ प्रिमियर लिग कोशेढुँगा समेत तय गरेको छ ।

पछिल्लो तीन खेलमा १७ गोल गरेको पेप ग्वार्डियोलाको सिटी आफ्नो उत्कृष्ट टचमा नदेखिएपनि लिगमा लगातार १० औं जितका लागि चाहिने पर्याप्त काम भने गर्न सफल भयो । ग्वार्डियोला भने अहिले नै उपाधि रक्षा गर्न गइरहेकोमा बिश्वस्त छैनन् ।

अझै ५४ अंकको लागि खेल हुन बाँकी छ । “जबसम्म पक्का हुँदैन तब सम्म उपाधि रक्षा गरेको कुरा म मान्नै सक्दिन,” ग्वार्डियोलाले भने । तर सिटीको लागि राम्रो कुरा के हो भने उ उत्कृष्टमा नहँुदा पनि जित्न सफल भइरहेको छ ।

सिटीका लागि निर्णायक गोल फिल फोडेनले खेलको १६ औं मिनेटमा गरेका थिए । केभिन डि ब्रुनले निकालेको क्रसलाई उनले डाइभर्ट गर्दै गोल गरेका थिए । पछिल्लो दुई खेलका लागि अनुसन्धान उल्लंघन गरेको आरोपमा ज्याक ग्रिलिससँगै मैदान बाहिर रहेका फोडेनका लागि यो उत्कृष्ट पुनरागमन पनि रह्यो ।

उत्कृष्ट शुरुवात गर्दै लामो समय शिर्ष स्थानमा बिताएको चेल्सीको फर्म भने खस्कदै जान थालेको छ । बुधबार ब्राइटनसँग १–१ को बराबरी खेल्दा उसले पछिल्लो चार खेल मध्ये तीनमा अंक बाडेको हो ।
रोमेलु लुकाकुले २८ औं मिनेटमा चेल्सीका लागि लगातार दोश्रो खेलमा गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमै ड्यानी वेल्बेकले गोल गर्दै चेल्सीको हातबाट दुई खंक खोस्यो ।

Click to comment

Trending