Headline

भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट रोमान्चक मोडमा 

Published

on

घरेलु टोली दक्षिण अफ्रिका र भारत बीचको पहिलो टेस्ट रोमान्चक मोडमा पुगेको छ ।अब एक दिनको मात्र खेल बाँकी रहेको अवस्थामा दक्षिण अफ्रिकाले अन्तिम दिन जितका लागि २११ रन बनाउन पर्ने हुन्छ भने भारतले ६ विकेट हात पार्न पर्ने हुन्छ ।

जितका लागि ३०५ रनको विशाल लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिकाले चौथों दिनको खेलको समाप्तीमा ४० दशमलब पाँच ओभर खेल्दै ९४ रन बनाउँदा चार विकेट गुमाएको छ र उसलाई अझै २११ रन आवश्यक रहेको छ ।

दक्षिण अफ्रिकाका कप्तान डिन एल्गर ५२ रनमा अविजित रहेका छन् । एक छोडबाट दक्षिण अफ्रिकाले लगातार रुपमा विकेट गुमाए पनि एक छोड सम्हालेको एल्गरले १२२ बलको सामना गर्दै सात चौका प्रहार गरे ।

ओपनर एडेन मारक्रम एक रनमा आउट हुँदा खराब सुरुवात गरेको दक्षिण अफ्रिकाका किगन पिटरसन १७, रस्सी भान डर डुस्सेन ११ तथा केशव महाराज आठ रनमा पेभेलियन फर्किए ।

जस्प्रित बुम्राले दुई तथा मोहम्मद शामी र मोहम्मद सिराजले दुई विकेट निकाल्दै दक्षिण अफ्रिकालाई दबाबमा राख्न सफल भएका छन् ।

ओपनर केएल राहुलले शतक प्रहार गर्दा आफ्नो पहिलो पारीमा ३२७ रन बनाएको भारतका तिब्र गतिका बलर मोहम्मद शामीले  पाँच विकेट हात पार्दा दक्षिण अफ्रिकालाई १९७ रनमा रोक्दै १३० रनको अग्रता लिएको थियो । भारतले दोश्रो पारीमा ५० दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १७४ रन मात्र जोड्न सक्यो ।

चौथो दिनको खेल १६/१ को अवस्थाबाट सुरु गरेको भारतले १५८ रन जोड्दा बाँकी सबै विकेट गुमायो ।

दोश्रो पारीमा भारतको तर्फबाट विकेट किपर ब्याटर ऋषभ पन्तले ३४ बलमा ३४ रन बनाए भने ओपनर केएल राहुलले २३ तथा अजिंक्य रहानेले २० रनको पारी खेले । त्यस बाहेक कप्तान कोहली १८, चेतेश्वर पुजारा १६, शार्दुल ठाकुर १० तथा रविचन्द्रन अश्विन १४ रनमा पेभेलियन फर्किए ।

दोश्रो पारीमा भारतलाई सानो योगफलमा रोक्ने क्रममा कागिसो रबाडा र मार्को यानसनले समान ४-४ तथा लुंगी एनगिदीले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।          

 

Click to comment

Trending