Headline

अमेरिका र आयरल्याण्ड बीचको एकदिवसीय शृंखला रद्द 

Published

on

घरेलु टोली अमेरिका र आयरल्याण्ड बीचको एकदिवसीय शृंखला रद्द भएको छ । आयरल्याण्ड टोलीमा कोरोना संक्रमण देखिए पछि तीन एकदिवसीय खेलको शृंखला रद्द हुन पुगेको हो ।

यस अघि अम्पायरहरुमा कोरोना देखिए पछि पहिलो एकदिवसीय खेल स्थगित गरिएको थियो भने दोश्रो खेल एक दिन पछि धकेलिएको थियो । तर आयरल्याण्डका सपोर्ट स्टाफ र खेलाडीका परिवार सदस्यमा कोरोना देखिएका कारण पुरै शृंखला नै रद्द गर्न परेको हो ।

अमेरिकाका केही खेलाडीमा पनि कोरोना संक्रमण देखिए भनिए पनि पुनश्च परिक्षण गर्दा कोरोना नभएको पुष्टि भएको थियो । शृंखला स्थगित भए पछि अमेरिका क्रिकेट बोर्डले सबै खेलाडीहरुलाई आजलाई आआफ्नो घर फर्कनका लागि टिकेटको पनि व्यवस्था गरिसकेको छ ।

पहिलो पटक आफ्नो घरेलु मैदानमा टेष्ट राष्ट्रको आथित्यता गरेको अमेरिकाले यस अघि दुई ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलको शृंखला पनि आयोजना गरेको थियो । पहिलो ट्वान्टी ट्वान्टी खेलमा आयरल्याण्डलाई २६ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको अमेरिकाले दोश्रो खेलमा नौ रनको हारको सामना गर्दा शृंखला जित्ने अवसर गुमाएको थियो ।  

     

 

Click to comment

Trending