Headline

नेपालले मरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्ने

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले मरिसससँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार नेपालले जनवरी २९ र फेब्रुवरी १ मा खेल्नेछ ।

साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग हारे यता नेपालको यो पहिलो अन्तर्राष्ट्रिय हुनेछ । फिफा बरियतामा १ सय ७२ स्थानमा रहेको मरिससबिरुद्धको खेल फिफाले तय गरेको अन्तर्राष्ट्रिय मिति अनुरुप हुन गइरहेको हो ।

दुवै खेल दशरथ रँगशालामा हुनेछ । पछिल्लो पटक नेपालले दशरथ रँगशालामा भारतबिरुद्ध नै खेलेको थियो । सेप्टेम्बर २ र ५ मा भएको खेलमा नेपालले पहिलो खेलमा बराबरी गरेको थियो भने दोश्रोमा हारको सामना गरेको थियो ।

पुर्वी अफ्रिकी द्विप मरिसस अफ्रिकन नेसन्स कपका लागि १९७४ मा छनोट भएको थियो । त्यसयता भने मरिससले अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगितामा भाग लिन सकेको छैन ।

Click to comment

Trending