Headline

नेपाल माथि कुवेतको ऐतिहासिक जित 

Published

on

कप्तान मित भवसारले अविजित रहँदै १७५ रन प्रहार गरे पछि यु १९ एसिया कप अन्तर्गत समुह चरणको आफ्नो अन्तिम खेलमा कुवेत यु १९ ले नेपाल यु १९ माथि ऐतिहासिक जित हात पारेको छ । नेपाल भने जित बिहिन बन्दै घर फर्कने भएको छ । 

२४० रनको लक्ष्य पछ्याएको कुवेतले ४८ दशमलब पाँच ओभर खेल्दै नौ विकेटको नोक्सानीमा जित आत्मसाथ गर्यो ।

कुवेतको जितमा ओपनिङमा आएका  कप्तान भवसारले १४९ बलको सामना गर्दै २४ चौका र एक छक्काको मद्दतमा अविजित १७५ रन बनाए भने अर्का ओपनर जुड सल्दानाहले २५ बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एक छोडबाट कुवेतले लगातार रुपमा विकेट गुमाए पनि अर्को छोडबाट भवसारले एक्लैले पारी सम्हाल्दै जित दिलाए ।     

कुवेतलाई जितका लागि अन्तिम तीन ओभरमा १२ रन आवस्यक रहेको अवस्थामा बलिङ गर्न आएका गुलशन झाले लगातार दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काए पनि त्यस पछिको ओभरमा भवसार तीन चौका प्रहार गर्दै कुवेतको जित पक्का गराए ।

नेपालका गुलशन झाले सर्वाधिक तीन विकेट लिए भने  विवेक यादव, वसिर अहमद र शेर मल्लले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।  

यस अघि विकेक मगर र वसिर अहमदले अर्धशतक तथा आदिल अन्सारीले आक्रामक पारी खेले पनि नेपाल यु १९ टोली कुवेत यु १९ सँगको खेलमा ५० ओभर सम्म पनि टिक्न सकेन । नेपाल ४२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २३९ रनको योगफल खडा गर्यो । 

खेलमा टस हरेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्यो । ओपनरद्वय सन्तोष कार्की र कप्तान देव खनाल समान ५-५ तथा विकेट किपर ब्याटर अर्जुन साउद १० रनमा आउट हुँदा नेपाल पाँचौं ओभरमा  तीन विकेटको नोक्सानीमा २७ रनको स्थितिमा खुम्चिन पुग्यो ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका विवेक र पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका वसिरले चौथो विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई १०० को स्कोर सम्म पुर्याए । नेपालको तर्फबाट सर्वाधिक रन जोडेका वसिर ६१ बलमा ५६ तथा ७१ बलमा ५० रनको पारी खेल्दै पेभेलियन फर्कँदा नेपाल नेपाल २६ दशमलब पाँच ओभरमा ६ विकेटको नोक्सानीमा १४३ रनको अवस्था सम्म पुग्यो ।

विवेक यादव शून्य तथा गुलशन झा सात रनमा आउट भए पनि अर्धशतक बनाउन चुके पनि आक्रामक पारी खेलेका आदिल अन्सारीले पाँच छक्का र दुई चौकाको मद्दतमा ४२ बल खेल्दै ४९ रनको योगदान दिए । त्यस बाहेक शेर मल्ल २५, दिपेश कंडेल १५ रनमा आउट भए भने प्रकाश जैसी पाँच रनमा अविजित रहे ।          

नेपाललाई रोक्ने क्रममा कुवेतका मिर्जा अहमद र अब्दुल सादिकले समान ३-३ तथा हेनरी थोमस र मोहम्मदबस्ताकीले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending