Headline

नेपाललाई लगातार दोश्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि 

Published

on

डिफेन्डिङ च्याम्पियन नेपालली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोश्रो पटक एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि चुमेको छ ।

बंगलादेशको ढाकामा सम्पन्न निकै नै प्रतिस्पर्धात्मक खेलमा अपराजित नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । 

नेपालले पहिलो सेट २६-२४ ले आफ्नो पक्ष्यमा पार्यो । २४-२४ को अवस्थामा पुगेको खेलमा नेपालले दुई अंक जोड्दै पहिलो सेटमा अग्रता लियो । दोश्रो सेट पनि २४-२४ को अवस्था सम्म पुगे पनि नेपालले सेट गुमाउन पुग्यो ।

तेश्रो सेटमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल २५-१५ ले जित्यो । चौथो सेटमा उज्वेकिस्तानले २२-२५ ले आफ्नो पक्ष्यमा पार्न सफल भए पनि नेपालले पाँचौं तथा अन्तिम सेट १५-१० ले जित्दै उपाधि जित्न सफल भयो ।

नेपालले सन् २०१९ मा भएको अघिल्लो संस्करणको फाइनलमा माल्दिभ्सलाई ३-० सेटले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो । 

समुह चरणको पाँच खेल मध्य पाँचमा नै जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गरेको थियो ।   

 

 

Click to comment

Trending