Headline

कमजोर कुवेतसँग ५० ओभर सम्म पनि टिकेन नेपाल 

Published

on

विकेक मगर र वसिर अहमदले अर्धशतक तथा आदिल अन्सारीले आक्रामक पारी खेले पनि नेपाल यु १९ यु १९ एसियाका अन्तर्गत समुह चरणको आफ्नो  तेश्रो तथा अन्तिम खेलमा कमजोर कुवेत यु १९ सँगको खेलमा ५० ओभर सम्म पनि टिक्न सकेन ।  

नेपाल समुह चरणका यस अघिका दुई खेलमा टेस्ट राष्ट्र बंगलादेश र श्रीलंकासँग क्रमश १५४ र ६० रनले पराजित भएको थियो । नेपाल बंगलादेशसँग ४२ दशमलब तीन तथा श्रीलंकासँग ४७ दशमलब पाँच ओभरमा नै अलआउट हुन पुगेको थियो ।

नेपालले ४२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २३९ रनको योगफल खडा गर्यो । 

खेलमा टस हरेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्यो । ओपनरद्वय सन्तोष कार्की र कप्तान देव खनाल समान ५-५ तथा विकेट किपर ब्याटर अर्जुन साउद १० रनमा आउट हुँदा नेपाल पाँचौं ओभरमा  तीन विकेटको नोक्सानीमा २७ रनको स्थितिमा खुम्चिन पुग्यो ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका विवेक र पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका वसिरले चौथो विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई १०० को स्कोर सम्म पुर्याए । नेपालको तर्फबाट सर्वाधिक रन जोडेका वसिर ६१ बलमा ५६ तथा ७१ बलमा ५० रनको पारी खेल्दै पेभेलियन फर्कँदा नेपाल नेपाल २६ दशमलब पाँच ओभरमा ६ विकेटको नोक्सानीमा १४३ रनको अवस्था सम्म पुग्यो ।

विवेक यादव शून्य तथा गुलशन झा सात रनमा आउट भए पनि अर्धशतक बनाउन चुके पनि आक्रामक पारी खेलेका आदिल अन्सारीले पाँच छक्का र दुई चौकाको मद्दतमा ४२ बल खेल्दै ४९ रनको योगदान दिए । त्यस बाहेक शेर मल्ल २५, दिपेश कंडेल १५ रनमा आउट भए भने प्रकाश जैसी पाँच रनमा अविजित रहे ।          

नेपाललाई रोक्ने क्रममा कुवेतका मिर्जा अहमद र अब्दुल सादिकले समान ३-३ तथा हेनरी थोमस र मोहम्मदबस्ताकीले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । 

 

Click to comment

Trending