Headline

दुई खेल अगावै एसेज गुमाउने खतरामा इंगल्याण्ड

Published

on

अष्ट्रेलियाबिरुद्ध यो सिजनको एसेजमा इंगल्याण्ड दुई खेल अघि नै श्रृंखला गुमाउने खतरामा रहेको छ । तेश्रो टेस्टको दोश्रो दिन समाप्तिसम्म इंगल्याण्डले ३१ रनमा चार विकेट गुमाइसकेको छ भने घरेलु टोलीबिरुद्ध दोश्रो इनिङ्गसमा अझै ५१ रनले पछि रहेको छ ।

मेलबर्नमा कोरोनाको त्रास समाप्त भइसकेपछि ठिलो शुरु भएको खेलमा अष्ट्रेलियाले पहिलो दिन बनाएको एक विकेटमा ६१ रनको स्थितिबाट अघि खेल्दै २ सय ६७ रनमा आफ्नो पहिलो इनिङ्गस टुँग्यायो ।

८२ रनले पछि परेको स्थितिमा एक पटक फेरि इंगल्याण्डले सोचे अनुरुपको शुरुवात पाउन सकेन । मिचेल स्टार्क र स्कट बोल्याण्डले २–२ विकेट लिँदा डाविड मलन र ज्याक लिचले खातै खोल्न सकेनन् । दिनको समाप्तिमा कप्तान जो रुट १२ र बेन स्टोक्स २ रनमा रहेका थिए ।

यसअघि ओपनर मार्कस ह्यारिसले १ सय ८९ बलमा ७६ रन बनाए पनि अन्य ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान दिन नसक्दा अष्ट्रेलिया बिशाल अग्रता लिन असफल रहेको थियो । आइतबार ओपनर डेभिड वार्नर ३८ रनमा आउट भएका थिए भने ट्रभिस डेडले २७ रन जोडे भने स्टार्क २४ रनमा नटआउट रहे ।

इंगल्याण्डका लागि जेम्स एण्डरसनले चार विकेट लिए भने ओलि रोबिन्सन र मार्क उडले २–२ विकेट हात पारेका थिए । अष्ट्रेलियाले पहिलो टेस्टमा ९ विकेट र दोश्रो टेस्टमा २ सय ७५ रनको फराकिलो जित हात पारेको थियो ।

Click to comment

Trending