Headline

सातदोबाटोलाई हराउदै जावलाखेललाई राहत

Published

on

जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको नवौं स्थानमा उक्लिएको छ ।

दशरथ रँगशालामा छैटौं चरणको अन्तिम खेलमा जावलाखेलले लिगको डेब्युमा प्रभावशाली प्रदर्शन गर्दै आइरहेको सातदोबाटोलाई २–० ले हरायो । खेल शुरु हुनु अघि १२ औं स्थानमा रहेको जावलाखेल तीन स्थान माथि उक्लिएको हो ।

थ्रि स्टार क्लब र न्युरोड टिमसँगै समान ७ अंक रहेको जावलाखेल गोल अन्तरको आधारमा पछि परेको हो । नेपाल पुलिस क्लब ६ अंक सहित दशौं तथा नेपाल एपिएफ क्लब र ब्रिगेड बोइज क्लब ५ अंक सहित ११ र १२ औं स्थानमा रहेका छन् ।

च्यासल युथ क्लब (४) र फ्रेण्ड्स क्लब (३) रेलिगेसन जोनमा रहेका छन् । हिमालयन शेर्पा क्लबसँगै समान ८ अंक रहेको सातदोबाटो भने पाचौं स्थानमै कायम रहेको छ ।

मच्छिन्द्र फुटबल क्लब (१४), मनाङ मस्र्याङ्गदी क्लब (१३) र संकटा क्लब (१२) पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

सोमबारको एक मात्र खेलमा जावलाखेलले अग्रता लिन दोश्रो हाफसम्म कुर्नु परेको थियो । ५० औं मिनेटमा बिपिन कँडेलले सातदोबाटोको कमजोर डिफेन्सको फाइदा उठाउदै गोल गरेका थिए ।

७० औं मिनेटमा बिदेशी खेलाडी निकोलस फर्नान्डेसले जावलाखेलको जित सुनिश्चित गरेका थिए । झण्डै ३० यार्ड पर बाट फर्नान्डेसले गरेको प्रहार दर्शनीय गोलमा परिणत भएको थियो ।

सातदोबाटोले केही अवसरहरु पाएपनि त्यसलाई सदुपयोग गर्न सकेको थिएन ।

Click to comment

Trending