Headline

बिग ब्यास लिगमा सन्दिपको लगातार खराब प्रदर्शन  

Published

on

नेपाली टोलीका नवनियुक्त कप्तान तथा लेग स्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिगमा लगातार खराब प्रदर्शन गरेका छन् । एडिलेड स्ट्राइकर्स विरुद्धको खेलमा मात्र तीन ओभर बलिङ गर्न पाएका सन्दिपले ३१ रन खर्चिए भने विकेट पनि निकाल्न सकेनन् ।   

होबार्ट हरिकेन्सको लागि छैटौँ ओभर लिएका सन्दिपले पहिलो ओभरमा नै तीन चौका सहित कुल १४ रन दिन पुगे । आफ्नो दोश्रो तथा आफ्नो टोलीको १२ औं ओभरमा सन्दिपले एक चौका सहित आठ रन खर्चिन पुगे । आफ्नो तेश्रो ओभरमा पनि सन्दिपले केही कमाल गर्न सकेनन् । उनले उक्त ओभरमा एक चौका सहित कुल नौ रन दिए ।      

सन्दिपले जारी बिग ब्यास लिगमा कुल ६ खेल खेल्दा दुई विकेट हात मात्र हात पार्न सकेका छन् । ६ खेल मध्य दुई खेलमा समान १-१ विकेट हात पारे पनि बाँकी चार खेलमा विकेट बिहिन रहन पुगेका हुन् ।  सिड्नी सिक्सर्स तथा पर्थ स्कोर्चर्स विरुद्धको सुरुवाती दुई खेलमा १-१ विकेट लिएका थिए । त्यस्तै सिड्नी र पर्थ विरुद्धको दोश्रो खेलमा तथा मेलबर्न स्टार्स विरुद्धको खेलमा पनि पनि विकेट बिहिन रहन बाध्य भएका थिए । 

सिड्नी विरुद्धको दोश्रो खेलमा दुईवटा क्याच तथा एक स्टम्पिङको अवसर गुम्दा सन्दिप विकेट बिहिन रहेका थिए भने बाँकी खेलमा उनले आफ्नो लेग स्पिनको खासै जादु देखाउन सकेका छैनन् । विकेट हात पार्न नसकेका सन्दिप महँगो पनि साबित भएका छन् ।      

Click to comment

Trending