Headline

अपराजित नेपाल समुह विजेता बन्दै फाइनलमा, उपाधिका लागि उज्वेकिस्तानको सामना गर्ने

Published

on

डिफेन्डिङ च्याम्पियन नेपाली राष्ट्रिय महिला भलिबल टोलीले समुह चरणमा लगातार पाँच खेलमा जित हात पार्दै एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

समुह चरणका पाँच खेल मध्य पाँचवटामा नै जित हात पारेको नेपाल समुह विजेता बन्दै फाइनलमा पुगेको हो । अपराजित नेपालले अब उपाधिका लागि भोली हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । आज नै भएको खेलमा श्रीलंका माथि जित निकाल्दै उज्वेकिस्तानले फाइनलको यात्रा तय गरेको हो ।

नेपालले समुह चरणको आफ्नो अन्तिम खेलमा किर्गिस्तानलाई पनि सोझो सेटमा नै पाखा लगायो । पहिलो सेटमा किर्गिस्तानलाई २५-८ ले पराजित गरेको नेपालले दोश्रो र तेश्रो सेट २५-१४ र २५-१६ ले जित्यो ।

नेपालले समुह चरणका खेलहरुमा उज्वेकिस्तान, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा तथा आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटले पराजित गरेको थियो ।

Click to comment

Trending