Headline

हामी म्यानचेस्टर सिटीको शिकार गर्दैछौंः लुकाकु

Published

on

एस्टन भिल्लाबिरुद्धको जितमा असरदार प्रदर्शन गरेपछि रोमेलु लुकाकुले चेल्सी उपाधि दौडमा म्याचेस्टर सिटीको शिकार गर्न तैयार भएको बताएका छन् ।

आइतबार लुकाकुले दुई गोलमा भुमिका निभाएपछि चेल्सीले भिल्लालाई ३–१ ले पराजित गर्यो । जितपछि चेल्सीले दोश्रो स्थानमा रहेको लिभरपुलसँग अंक बराबरी गरेको छ भने सिटी भन्दा ६ अंकले पछाडी रहेको छ ।

सिटीको ५७ अंक छ भने चेल्सी र एक खेल हातमा रहेको लिभरपुलको ४१ अंक छ । सिटीले आइतबार नै भएको रोमाञ्चक खेलमा लेस्टर सिटीलाई ६–३ ले पराजित गरेको थियो ।

रिस जेम्सले आत्मघाती गोल गर्दा चेल्सी २८ औं मिनेटमै खेलमा पछि परेको थियो । तर जोर्गिन्होले पेनाल्टीमा दुई गोल गर्नुका साथै सब्स्टिच्युट लुकाकुले पनि एक गोल गरेपछि चेल्सीले फराकिलो जित हात पार्यो । लुकाकुले सेप्टेम्बर यता चेल्सीका लागि गोल गरेका थिए ।

चेल्सीले एभर्टन र उल्भ्ससँग बराबरी खेल्दा लुकाकु कोरोनाका कारण अनुपस्थित रहेका थिए तर आइतबार क्यालम हड्सन–ओडोइको क्रसमा उनले सुन्दर हेडर मार्फत गोल गरेका थिए । उनले लगाएको तिब्र दौडमा नै चेल्सीले दोश्रो पेनाल्टी पाएको थियो ।

“मलाई यस्तै प्रदर्शनको आवश्यकता थियो । हामी अहिले शिकारी हौं । हाम्रो पछिल्लो दुई खेलको परिणाम सोचे जस्तो थिएन तर अब हामीले सिटीलाई पछ्याउनै पर्छ । हामीले हरेक खेल फाइनल जसरी लिन आवश्यक छ । आज जित्यौं र अब शिकारको लागि अगाडी बढ्न आवश्यक छ,” उनले भने ।

व्यवस्थापक थोमस टुचेल भने कोरोनाको संक्रमण कायमै रहदा पनि खेल्नु पर्ने बाध्यकारी अवस्थाको बिरुद्धमा रहेका छन् । “हामीलाई कोभिड भएपनि खेल्न बाध्य पारिएको छ । हाम्रो खेलाडीहरुमा ताजा चोट छ तैपनि खेल्नै पर्ने स्थिति छ । यो कस्तो निर्णय हो?,” टुचेलले भने ।

भिल्लाको क्याम्पमा नै कोभिड देखिदा व्यवस्थापक स्टेभन जेर्रार्ड क्रिष्मसको दिन देखि आइसोलेसनमा रहेका छन् ।

Click to comment

Trending