Headline

थ्रि स्टारसँग रोक्किएपछि आर्मी एएफसी कपको समिकरणबाट बाहिर

Published

on

थ्रि स्टार क्लबसँग बराबरीमा रोक्किएपछि त्रिभुवन आर्मी फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगबाट एएफसी कप खेल्ने समिकरणबाट बाहिरिएको छ ।

दशरथ रँगशालामा आर्मी थ्रि स्टारसँग गोलरहित बराबरीमा रोक्कियो । एन्फाले लिगको सातौं चरणको समाप्तिपछि शिर्ष स्थानमा रहने टोलीले एएफसी कप खेल्ने निर्णय गरेको थियो ।

६ खेलको समाप्तिपछि आर्मी १० अंक सहित चौथो स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबको १४ अंक छ ।

मच्छिन्द्र र १३ अंकका साथ दोश्रो स्थानमा रहेको मनाङ मस्र्याङ्गदी क्लब एएफसी कपको लागि प्रबल दाबेदारको रुपमा रहेका छन् । तर शिर्ष स्थानका दुई टोलीले सातौं चरणमा आ–आफ्नो खेल हार्ने हो भने संकटा क्लबको भाग्य चम्किन सक्छ ।

संकटा १२ अंकका साथ तेश्रो स्थानमा रहेको छ । आइतबारको बराबरीले थ्रि स्टार क्लबलाई भने नराम्रो झड्का लागेको छ ।

थ्रि स्टारले लगातार चार वटा बराबरी खेलेको हो । लिगमा आफ्नो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थ्रि स्टार ७ अंक सहित सातौं स्थानमा रहेको छ । दोश्रो खेलमा सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्रि स्टारले पाँच खेलबाट जम्मा चार अंक मात्र बटुल्न सकेको हो ।

आइतबारको खेलमा आर्मी र थ्रि स्टार दुवै टोलीले गोल गर्ने अवसर सृजना गरेपनि सफल भने हुन सकेनन् ।

Click to comment

Trending