Headline

एसियन सेन्ट्रल जोन भलिबलमा लगातार चौथो जित हात पार्दै नेपाल फाइनलमा  

Published

on

समुह चरणमा लगातार चौथो जित निकाल्दै नेपाली महिला टोलीले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । समुह चरणको चौथो खेलमा उज्वेकिस्तान माथि जित हात पार्दै नेपाल  फाइनलमा पुगेको हो ।

साबिक विजेता नेपालले यस अघिका तीनवटै खेलमा जित हात पारेको उज्वेकिस्तानलाई सोझो सेटमा नै पाखा लगायो । पहिलो सेट २५-२० ले जितेको नेपालले दोश्रो र तेश्रो सेट क्रमश २५-२३२५-१४ ले आफ्नो पक्ष्यमा पार्न सफल रह्यो ।

नेपालले अब समुह चरणको आफ्नो अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ ।

नेपालले यस अघिका खेलमा आयोजक बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा तथा आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटले पराजित गरेको थियो ।

Click to comment

Trending