Headline

यु १९ एसिया कप : नेपाल बलियो श्रीलंकासँग भिड्दै 

Published

on

यु १९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले बलियो श्रीलंकाको सामना गर्दैछ । शारजाह क्रिकेट रंगशालामा आयोजना हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । 

नेपालको श्रीलंकासँग पुरानो खेलहरुमा पनि राम्रो नतिजा निकाल्न सकेको छैन । पछिल्लो पाँच खेलमा नेपालले पाँचवटामा नै हारको सामना गरेको छ । श्रीलंकासँग नेपालको सबैभन्दा नजिकको हार भनेको सन् २०१६ मा श्रीलंकामा नै आयोजना भएको यु १९ एसिया कपमा हो । उक्त एसिया कपमा नेपाल मात्र एक रनले पराजित भएको थियो ।

जितका लागि २२८ रनको लक्ष्य सहित क्रिजमा आएको नेपालले ४९ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २२६ रन बनाउँदा एक रनको झिनो हारको सामना गर्न बाध्य भएको थियो ।दिपेन्द्र सिंह ऐरीले ९० रन प्रहार गर्दै जित नजिक पुर्याए पनि अन्तिम विकेटका रुपमा आउट हुँदा श्रीलंकालाई पराजित गर्न ठुलो अवसर गुमाउन पुगेका थिए ।    

नेपालले गत संस्करणको यु १९ विश्वकप विजेता बंगलादेशसँग १५४ रनको लज्जास्पद हारको सामना गर्न बाध्य भएको थियो भने श्रीलंकाले भने कमजोर कुवेत माथि २७४ रनको फराकिलो जित दर्ता गराएको थियो । पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभर खेल्दै पाँच विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार पार्यो भने कुवेतलाई १७ दशमलब तीन ओभरमा मात्र ४९ रनमा समेट्यो ।     

नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ ले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा जितका लागि २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले कुनै पनि समय खेललाई आफ्नो नियन्त्रणमा राख्न सकेन र ४२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।    

३१ ओभरमा बोर्डमा ८१ रन हुँदा ६ विकेट गुमाएको नेपालको लागि गुलशन झा र विवेक यादवले सातौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै नेपाललाई लज्जास्पद हार टार्ने प्रयास गरे पनि असफल रहे । नेपालको तर्फबाट गुलशन झाले सर्वाधिक ३५ रन बनाए भने विकेट राना मगरले रन आउट हुनु अघि ३३ रनको पारी खेले । त्यस  बाहेक विवेक यादवले पनि २६ रनको योगदान दिए ।    

पहिलो ३० ओभर सम्म नेपाल खेलमा नियन्त्रण राख्न सके पनि बंगलादेशले अन्तिम २० ओभरमा आक्रामक ब्याटिङ गर्दै १ सय ८१ रन जोड्दै विशाल योगफल खडा गर्न सफल भयो ।  

 

Click to comment

Trending