Headline

उपाधि चुम्ने लक्ष्य सहित बंगलादेश पुगेको नेपालको फाइनल खेल्ने सपना अधुरै  

Published

on

बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य सहित ढाका पुगेको नेपाली पुरुष भलिबल टोलीको फाइनल खेल्ने सपना अधुरै रहेको छ । तेश्रो दोश्रो खेलमा दोश्रो हारको सामना गर्दा नेपालको फाइनल यात्रा समाप्त भएको हो । 

नेपाल श्रीलंकासँग ३-१ सेटले पराजित भएको छ । नेपालको तीन खेलमा तीन अंक मात्र रहेको छ भने अब उसले आइतबार माल्दिभ्ससँग मात्र खेल्न बाँकी रहेको छ । आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो भने दोश्रो खेलमा गत संस्करणको उपविजेता उज्वेकिस्तानलाई नेपालले ३-१ को सेटमा पाखा लगाएको थियो ।    

श्रीलंकासँग पहिलो सेट १८-२५ ले गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोश्रो सेट २५-२२ ले आफ्नो पक्ष्यमा पार्न सफल भयो । तर त्यस पछिका दुई सेटमा लगातार १६-२५ तथा १५-१५ ले पराजित हुँदा नेपालको फाइनल सम्भावना समाप्त भएको हो ।

नेपाली महिला टोलीले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको छ । साबिक विजेता नेपालले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दा लगातार तेश्रो जितसहित फाइनलको यात्रा तय गरेको हो ।

नेपालले यस अघि सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ तथा दोश्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो ।

 

 

Click to comment

Trending