Headline

लुम्बिनी माथि सहज जित हात पार्दै एपीएफ फाइनलमा 

Published

on

लुम्बिनी प्रदेश माथि ३८ रनको सहज जित हात पार्दै एपीएफ क्लब धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

एपीएफले उपाधिको लागि भोलि हुने फाइनल खेलमा साबिक विजेता प्रदेश १ को सामना गर्नेछ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिमलाई नौ विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । 

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा तीन विकेट गुमाएर १२९ रन बनायो भने १३० को लक्ष्य सहित ब्याटिङमा आएको लुम्बिनीले पुरै २० ओभर खेले पनि पाँच विकेट गुमाएर ९० रन भन्दा जोड्न सकेन ।

एपीएफलाई फाइनलको यात्रा तय गराउने क्रममा अविजित रहेकी रोमा थापाले ४१ बल खेल्दै चार चौकाको मद्दतमा सर्वाधिक ४२ रनको पारी खेलिन् भने रेखा रावलले चार ओभरमा १५ रन मात्र दिए तीन विकेट आफ्नो नाममा दर्ता गराउन सफल रहिन् ।

लुम्बिनीको तर्फबाट नेरी थापाले अविजित ३८ तथा ओपनर नितु भण्डारीले १८ रन बाहेक अन्य ब्याटरले  दोहोरो अंकमा रन निकाल्न सकेनन् ।

एपीएफको तर्फबाट खेलको प्लेयर अफ द म्याच घोषित रोमा बाहेक ममता चौधरीले २७, कप्तान सिता राना मगरले अविजित १८ तथा ओपनरद्वय राजमती ऐरी र ज्योति पाण्डेले क्रमश १४ र ११ रनको योगदान दिए ।

 

 

Click to comment

Trending