Headline

साबिक विजेता प्रदेश १ प्रधानमन्त्री कपको फाइनलमा 

Published

on

साबिक विजेता प्रदेश १ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रदेश १ ले सेमिफाइनलमा सुदूर पश्चिमलाई नौ विकेटले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो ।  

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा ८५ रनको सामान्य योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको प्रदेश १ ले १६ दशमलब एक ओभर खेल्दै एक विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

प्रदेश १ को जितमा कप्तान कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै सर्वाधिक ३१ रनको पारी खेलिन् भने कजल श्रेष्ठले ३१ तथा अप्सरी बेगमले पनि नौं रनको योगदान दिइन् । 

सुदूर पश्चिमको तर्फबाट सम्झना खड्काले सर्वाधिक २७ तथा कप्तान ऋतु कनौजियाले २५ रनको पारी खेले भने डली भट्टले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

रुबी पोद्दार एक, बिन्दु रावल शुन्य, कविता जोशी १ तथा रेवती धामी सात रनमा पेभेलियन फर्कँदा १४ रनमा चार विकेट गुमाएर निकै खराब सुरुवात गरेको सुदूरको लागि ऋतु र सम्झनाले ४५ रन जोड्दै सम्मानजनक योगफल सम्म डोर्याए । सुदूरकी दिव्या कार्कीले अविजित पाँच रनको पारी खेलिन् । 

प्रदेश १ का ज्योती दनवार, अलिषा खडिया, रुबिना क्षेत्री र संगीता राईले समान १-१ विकेट हात पारे ।   

अब प्रदेश १ ले भोलि हुने फाइनल खेलमा आज नै हुने एपीएफ र लुम्बिनी बीचको दोश्रो सेमिफाइनलकको विजेतासँग उपाधिका लागि भिड्ने छ । दाङमा सम्पन्न अघिल्लो संस्करणमा एपीएफ लाई ६ रनले पराजित गर्दै   उपाधि उचालेको थियो ।     

 

Click to comment

Trending