Headline

नेपाल एसियन सेन्ट्रल जोन भलिबलको फाइनलमा

Published

on

नेपाली महिला टोलीले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेस गरेको छ । साबिक विजेता नेपालले लगातार तेश्रो जित हात पार्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मिरपुरमा भएको खेलमा नेपालले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । नेपालले पहिलो सेट २५-५ ले जित्यो । दोश्रो सेटमा बंगलादेशले नेपाललाई केहि दबाब दिए पनि नेपालले खेल २५-१५ ले आफ्नो पोल्टामा पार्यो । त्यस्तै तेश्रो सेट २५-१७ ले जित्दा नेपालले खेल पनि जित्यो ।

नेपालले यस अघि सम्पन्न खेलमा माल्दिभ्सलाई सोझो सेटमा तथा आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटले पराजित गरेको थियो । माल्दिभ्सलाई नेपालले २५-११, २५-९ र २५-५ ले पराजित गरेको थियो । त्यस्तै श्रीलंकासँग दुई सेटमा पराजित भए पनि नेपालले पछिल्ला सेट तीन लाई उल्टाउँदै खेल आफ्नो पक्ष्यमा पारेको थियो । पहिलो सेटमा १९-२५ ले पराजित भएको नेपाल दोश्रो सेटमा पनि २१-२५ को हारको सामना गर्न बाध्य भयो । नेपालले तेश्रो सेट २५-१५, चौथों सेट २५-१९ र पाँचौं तथा अन्तिम सेट १५-१३ ले जितेको हो ।

  राउण्ड रोबिन लिगपछि शिर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् ।

Click to comment

Trending