Headline

नेपालसँग उज्वेकिस्तान पराजित 

Published

on

एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष भलिबल टोलीले पहिलो हात पारेको छ ।

हिजो सम्पन्न आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजित भएको नेपालले आज गत वर्षको उपविजेता उज्वेकिस्तान माथि ३-१ को सेटमा जित दर्ता गराएको हो । पहिलो सेटमा पराजित भएको नेपालले पछिका तीन सेट जित्दै खेल आफ्नो पक्ष्यमा राख्न सफल भयो ।

नेपालले पहिलो सेट १८-२५ ले हारेको थियो भने त्यस पछिका सेटमा २५-२१, २५-१८२५-२३ ले उज्वेकिस्तानलाई पाखा लगाउँदै पहिलो जित पनि हात पार्यो ।

नेपालले अब समुह चरणका खेलमा शनिबार र आइतबार क्रमश श्रीलंका र माल्दिभ्ससँग खेल्ने छ । राउन्ड रोविन अन्तर्गत समुह चरणमा पहिलो र दोश्रो स्थानमा हात पार्ने टोलीले उपाधिको लागि मंगलबार खेल्ने छन् । नेपालले फाइनलमा पुग्नका लागि अब बाँकी सबै खेल जित्न पर्ने हुन्छ ।

नेपाली महिला भलिबल टोलीले लगातार दुई जित हात पार्दा फाइनल पुग्ने आशा बलियो बनाएको छ । आज नै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ । हिजो सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटले पराजित गरेको थियो । पहिलो दुई सेटमा पराजित भए पनि नेपालले पछिल्ला सेट तीन लाई उल्टाउँदै खेल आफ्नो पक्ष्यमा पारेको हो ।      

 

Click to comment

Trending