Headline

एपिएफ र एआरटीबीच ३–३ गाोलको रोमाञ्चक बराबरी

Published

on

नेपाल एपिएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) सँग रोमाञ्चक बराबरी गर्दै अंक बाडेको छ ।

दशरथ रँगशालामा भएको खेलमा दुई पटक पछि परेको स्थितिलाई उल्टाउदै एपिएफले एनआरटीलाई ३–३ गोलको बराबरी रोक्यो ।

बराबरीपछि एनआरटी ७ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ भने लिगमा खराब शुरुवात गरेको एपिएफको पाँच अंक भएको छ । हिमालयन शेर्पा क्लब, ब्रिगेड बोइज क्लब र नेपाल पुलिस क्लबको पनि पाँच अंक छ र एपिएफ गोल अन्तरको आधारमा ११ औं स्थानमा रहेको छ ।

खेलमा एनआरटीले ३२ औं मिनेटमा अग्रता लिएको थियो । मेसुकै ओलेमेउले बायाँबाट निकालेको हाइ क्रसमा दर्शन गुरुङले हेडरमार्फत सुन्दर गोल गरेका थिए । तर पाँच मिनेटपछि नै आशिष लामाले एपिएफका लागि गोल फर्काए । आशिषको लिगमा यो चौथो गोल हो ।

एनआरटीले दोश्रो हाफको शुरुवातमै अग्रता फर्काउदा दर्शनले दोश्रो व्यक्तिगत गोल गरे । ६० औं मिनेटमा मेसुकेले गोल गर्दा एनआरटीले जिततर्फ एक कदम अगाडी बढाएको थियो । तर यसअघिको खेलमा लिगको पहिलो जित हात पारेको एपिएफ पुन खेलमा फर्कियो ।

६५ औं मिनेटमा दिपेश धिमालले गोल गरे भने चार मिनेटपटि नै नविन लामाले बराबरी गोल गरे ।

Click to comment

Trending