Headline

नेपाल पहिले बलिङ गर्दै 

Published

on

यु १९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु १९ ले पहिले बलिङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा बंगलादेश यु १९ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

पछिल्लो पाँच भिडन्तमा नेपाल बंगलादेश सामु निरिह रहेको छ । पाँच मध्य चार खेलमा नेपाल पराजित भएको थियो भने एक खेल रद्द हुन पुगेको थियो । यस अघिको यु १९ एसिया कपमा नेपालले पहिले ब्याटिङ गर्दै २६१ रनको विशाल योगफल बनाए पनि अन्त्यमा खेल ६ विकेटले हार्न पुगेको थियो ।    

नेपाली टोलीका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले युएई प्रस्थान गर्नु अघि नेपाली टोली टेस्ट राष्ट्रहरुलाई आश्चर्यचकित पार्ने जनाएका थिए । नेपाली टोलीका कप्तान देव खनालले नेपाललाई फाइनल सम्मको यात्रा तय गराउन आतुर रहेको जनाएका थिए ।

नेपालको समुहमा टेस्ट राष्ट्रहरु श्रीलंका र बँगलादेश तथा कुवेत रहेका छन् । लिग चरणपछि शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  

नेपाली टोली : देव खनाल (कप्तान), शेर मल्ल (उप–कप्तान), विवेक यादव, गुल्शन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, अर्जुन साउद 

Click to comment

Trending