Headline

यु १९ एसिया कप : आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दै 

Published

on

यु १९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु १९ ले बंगलादेश यु १९ को सामना गर्दैछ । शारजाह क्रिकेट रंगशालामा आयोजना हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । 

नेपालको समुहमा टेस्ट राष्ट्रहरु श्रीलंका र बँगलादेश तथा कुवेत रहेका छन् । लिग चरणपछि शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  

नेपाली टोलीका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले युएई प्रस्थान गर्नु अघि नेपाली टोली टेस्ट राष्ट्रहरुलाई आश्चर्यचकित पार्ने जनाएका थिए । “यस भन्दा अघिका राष्ट्रिय प्रतियोगितामा हामी कम खेल खेल्ने अवसर प्राप्त पर्दथ्यौँ भने यस पटक राउण्ड रोविनमा खेल्दा खेलाडीहरुले धेरै खेल खेल्ने अवसर पाए । सबै खेलाडी राम्रो फर्ममा छन् । हामी यस पटक टेस्ट राष्ट्रहरुलाई आश्चर्यचकित पार्नेछौँ ।”

त्यस बाहेक नेपाली टोलीले नेपालमा नै रहँदा नेपाल पुलिस क्लब र एपीएफ क्लबसँग अभ्यास खेल खेलेको थियो जसले गर्दै पनि खेलाडीहरुको मनोबल उच्च रहेको ठकुरीले बताए ।

यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल सहित सात खेल मध्य चार खेलमा अर्धशतक प्रहार गर्दै गण्डकीको कप्तानी गर्दै उपाधि दिलाएका देव खनालले यु १९ को कप्तानीको जिम्मेवारी पाउनु आफ्नो लागि खुशीको विषय भएको र नेपाललाई फाइनल सम्मको यात्रा तय गराउन आतुर रहेको जनाएका थिए ।

“हाम्रो टोली निकै बलियो र सन्तुलित छ । हाम्रो लक्ष्य भनेको फाइनल खेल्ने हो,” देवले टोलीको बिदाइका क्रममा आफ्नो धारणा राखेका थिए ।     

नेपाली टोली : देव खनाल (कप्तान), शेर मल्ल (उप–कप्तान), बिबेक यादव, दिपेश कँडेल, गुल्शन झा, बिबेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वसिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी 

Click to comment

Trending