Headline

आईपीएल अक्सन फेब्रुअरीमा बेङ्गलुरुमा हुने  

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन यस पटक दुई दिन सम्म चल्ने भएको छ । फेब्रुअरी १२ र १३ मा आयोजना हुने अक्सन बेङ्गलुरुमा आयोजना हुनेछ ।

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले यस सिजन देखि दुई नयाँ टोली समावेश गरेको छ जसका कारण यस पटक देखि कुल १० टोलीको सहभागिता रहने छ । 

बिसीसीआईले यस अघि डिसेम्बर २५ सम्ममा दुई नयाँ टोलीलाई तीन नयाँ खेलाडी अनुबन्ध गर्न तथा पुराना आठ फ्रेन्चाइजलाई आफ्नो टोलीका खेलाडी रिटेन गर्न समय सिमा तोकेको थियो । तर यसै पटक समावेस भएको टोली अहमदाबादको फ्रेन्चाइज मालिकहरु बेटिंङ कम्पनीसँग आबद्ध भएको समाचारहरु बाहिर आएका कारण बिसीसीआईले हालको लागि जनवरीको मध्य सम्मका लागि धकेलेको छ ।  

सिभीसी क्यापिटल पार्टनर्सले ५६ सय २५ करोडमा अहमदाबादको टोली खरिद गरेको थियो । तर उक्त कम्पनीको इटाली र ब्राजिलमा रहेको बेटिंङ कम्पनीमा लगानी गरेको बारेमा बिसीसीआईले यस विषयमा उच्च अदालतको जज पनि राखेर अनुसन्धान गर्दैछ ।

अहमदाब बाहेक यस पटक थपिएको टोली लखनउ हो । लखनउको लागि सन्जिव गोयन्काको आरपीएसजी ग्रुपले सात हजार करोड भारतीय रुपैँया खर्च गरेको थियो ।

आईपीएलले यस अघि मिनी अक्सन आयोजना गर्ने गरेको थियो तर आगामी सिजनमा नयाँ दुई टोली थपिएका कारण उसले मेगा अक्सन गर्न लागेको हो । त्यसका लागि पुराना आठ टोलीले चार जना खेलाडीलाई मात्र रिटेन गर्न पाउने तथा नयाँ फ्रेन्चाइजहरु लखनउ र अहमदाबादले भने अक्सन अघि तीन जना खेलाडी भित्राउन पाउने छ ।

पुराना टोलीले आफ्ना चार खेलाडी मध्य बढीमा तीन स्वदेशी तथा दुई विदेशी खेलाडीलाई रिटेन गर्न पाउने छ । उसले तीन स्वदेशी र एक विदेशी अथवा २-२ स्वदेशी र विदेशी रिटेन गर्ने अधिकार पाएको छ भने नयाँ टोलीको हकमा दुई स्वदेशी र एक विदेशीलाई भित्राउन पाउने छ । स्वदेशी खेलाडीको हकमा भने जुनै पनि समुह, अन्तर्राष्ट्रिय खेलेको अथवा नखेलेकाबाट रिटेन गर्न सक्ने छ ।   

यस पटक राइट टु म्याच प्रयोग पनि हुने छैन । राइट टु म्याच नियम अन्तर्गत यदि कुनै टोलीमा भएको खेलाडीलाई अक्सन मार्फत अर्को टोलीले खरिद गर्दछ भने यस विशेष अधिकार प्रयोग गरेर आफ्नै टोलीमा समावेश गर्न पाउने हो ।

सन् २०२२ को अक्सनका लागि खर्च गर्न पाउने रकममा पनि बढोत्तरी गरिएको छ । यस अघि सन् २०२१ को अक्सनमा खर्च गर्न पाउने रकम ८५ करोड भारतीय रुपैयाँ रहेको थियो भने यस पटक पाँच करोड भारतीय रुपैयाँ बढाएर ९० करोड पुर्याइएको छ ।   

 

Click to comment

Trending