Headline

सेन्ट्रल जोन भलिबलमा नेपालको पुनरागमन जित 

Published

on

सुरुवाती दुई सेटमा पराजित भए पनि पछिल्ला तीन सेट लगातार जित्दै नेपालले एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । साबिक विजेता नेपालले श्रीलंका माथि ३-२ को जित निकालेको हो । 

गत वर्षको विजेता नेपालले सुरुवाती दुई सेटमा लगातार गुमाउन पुग्यो । पहिलो सेटमा १९-२५ ले पराजित भएको नेपाल दोश्रो सेटमा पनि २१-२५ को हारको सामना गर्न बाध्य भयो । 

तर त्यस पछिका बाँकी तीन सेट जित्दै नेपालले खेल आफ्नो पक्ष्यमा पार्न सफल भयो । नेपालले तेश्रो सेट २५-१५, चौथों सेट २५-१९ र पाँचौं तथा अन्तिम सेट १५-१३ ले जितेको हो । पछिल्लो तीन सेटमा पनि श्रीलंकाले दक्षिण एसियाली खेलकुद सागको उपविजेता नेपाललाई कडा टक्कर दिए पनि खेल आफ्नो पक्ष्यमा पार्न भने सकेन ।

नेपालले अब भोलि माल्दिभ्सको सामना गर्नेछ ।   

Click to comment

Trending