Headline

सुदूर पश्चिम प्रधानमन्त्री कपको सेमिफाइनलमा 

Published

on

बिन्दु रावलको अर्धशतक तथा कविता जोशीको अलराउण्ड प्रदर्शनमा प्रदेश २ माथि ८७ रनको फराकिलो जित निकाल्दै सुदूर पश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

समुह बी बाट एपीएफले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएकाले आजको खेलमा जित हात पार्ने टोलीले सेमिमा स्थान बनाउने थियो । जसमा सुदूर पश्चिमले प्रदेश २ लाई पाखा लगाउँदै सेमिको यात्रा तय गरेको हो ।   

बिन्दु रावलले अविजित रहँदै अर्धशतक प्रहार गरे पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रनको विशाल योगफल तयार पार्यो । सेमिफाइनलमा स्थान सुरक्षित गर्न १४४ रनको लक्ष्य सहित क्रिजमा आएको प्रदेश २ ले पुरै २० ओभर खेले पनि आठ विकेटको नोक्सानीमा मात्र ५६ रन जोड्न सक्यो ।

सुदूर पश्चिमलाई सेमिफाइनल पुर्याउने क्रममा बिन्दु रावलले अविजित रहँदै ४५ बलमा ५० रनको पारी खेलिन् भने कविता जोशीले चार ओभरमा दुई मेडन ओभर सहित मात्र सात रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गराइन् ।

बिन्दु बाहेक सुदूर पश्चिमको तर्फबाट ओपनरद्वय रुबी पोद्दारकविता जोशीले क्रमश २१ र १३ रनको पारी खेल्दै राम्रो सुरुवात दिए भने मध्यक्रममा आएका डली भट्टले १५ तथा संगीता मौनीले १३ रन प्रहार गर्दै आफ्नो टोलीलाई विशाल योगफल सम्म डोर्याए ।

प्रदेश २ को तर्फबाट विमला मगरले दुई विकेट हात पार्दा अनुराधा चौधरी र साना प्रविनले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

सानाले प्रदेश २ को लागि सर्वाधिक १४ र विमला मगरले १२ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कविता बाहेक लक्ष्मी साउदले दुई तथा ईश्वरी बिस्टले एक विकेट लिए पनि सुदूर पश्चिमले तीन विकेट रन आउटका रुपमा विकेट हात परेको हो । 

 

   

 

Click to comment

Trending