Headline

गण्डकी माथि सहज जित निकाल्दा प्रदेश २ को सेमिफाइनल सम्भावना जीवितै 

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह चरणको आफ्नो दोश्रो खेलमा प्रदेश २ ले गण्डकी प्रदेश माथि सात विकेटको सहज जित हात पारेको छ ।

यस जितसँगै पहिलो खेलमा एपीएफसँग ४८ रनको फराकिलो हारको सामना गरेको प्रदेश २ ले सेमिफाइनल सम्भावनालाई जीवित राख्न सफल पनि भएको छ । समुह बी बाट एपीएफले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेकाले भोलि हुने प्रदेश २ र सुदूरपश्चिम बीचको विजेताले सेमिफाइनलमा प्रवेश पाउने छ ।

गण्डकीलाई १७ दशमलब एक ओभरमा मात्र ३९ रनमा रोकेको प्रदेश २ ले १० दशमलब तीन ओभर खेल्दै तीन विकेट गुमाएर लक्ष्य पार गर्यो ।     

गण्डकीलाई सानो योगफलमा रोक्ने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित सन्तोषी चौधरीले तीन ओभर बलिङ गर्दै दुई मेडन सहित दुई रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारिन् । त्यस बाहेक अनुराधा चौधरीले चार ओभरमा नौं रन दिएर दुई तथा सरस्वती कुमारी र रोजी कडारीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । सरस्वतीले तीन दशमलब एक ओभरमा ६ रन खर्चंदा रोजीले तीन ओभरमा दुई रन मात्र दिइन् ।

गण्डकीको तर्फबाट अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जनाले रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।

प्रदेश २ को जितमा ओपनरद्वय अनुराधा चौधरी र सना प्रविनले क्रमश १२ र १३ रनको पारी खेले ।       

 

Click to comment

Trending