Headline

ब्रिगेडलाई हराउदै शेर्पाको लिगमा पहिलो जित

Published

on

हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । शेर्पाले दशरथ रँगशालामा आइतबार भएको एक मात्र खेलमा ब्रिगेड बोइज क्लबलाई ३–१ ले पराजित गर्यो ।

पाँचौ खेलमाा पहिलो जितसँगै शेर्पा गोल अन्तरको आधारमा अंक तालिकाको आठौं स्थानमा उक्लियो । फ्रेण्ड्स क्लब र नेपाल एपिएफ क्लबले मात्रै अब लिगमा जित हात पार्न बाँकी रहेको छ ।

शेर्पा, ब्रिगेड र नेपाल पुलिस क्लबको समान पाँच अंक रहेको छ । जावलाखेल युथ क्लब र च्यासल युथ क्लबको समान चार अंक छ ।

लिगको शिर्ष स्थानमा १३ अंक सहित मनाङ मस्र्याङ्गदी क्लब रहेको छ भने डिफेन्डिङ्ग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब ११ अंकका साथ दोश्रो स्थानमा छ । त्रिुभव आर्मी क्लब र संकटाको समान ९ अंक छ । लिगका शिर्ष चार टोली हालसम्म अपराजित रहेका छन् ।

शेर्पाले खेलको पाचौं मिनेटमै मुटाम्बा पिस्टोनीको गोलमार्फत अग्रता लिएको थियो । ब्रिगेडले पहिलो हाफमा गोल फर्काउन नसकेपनि ५३ औं मिनेटमा भुवन बस्नेतले गोल गरेका थिए ।

७४ औं मिनेटमा सुरेश कुमालले शेर्पाको अग्रतालाई कायम राखेका थिए । इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै मनिष थापाले शेर्पाको पहिलो जित सुनिश्ति गरेका थिए ।

Click to comment

Trending