Headline

रोनाल्डोले व्यवसायिक डेब्यु गरेको क्लब किन्दै

Published

on

ब्राजिलका पुर्व स्ट्राइकर रोनाल्डोले आफूले व्यवसायिक फुटबलमा डेब्यु गरेको क्लब क्रुजेरो किन्ने भएका छन् । क्रुजेरो पछिल्लो दुई सिजनदेखि ब्राजिली फुटबलमा दोश्रो डिभिजनमा झरेको छ ।

“यो सम्झौतालाई निष्कर्षमा पुर्याउन सक्दा म निकै खुशी छु । क्रुजेरोलाई मैले धेरै कुरा फिर्ता दिदै क्लब जुन ठाँउको हकदार छ त्यहा पुर्याउन आवश्यक छ,” ४५ बर्षिय रोनाल्डोले एक भिडियो सन्देश मार्फत भनेका छन् ।

“हाम्रो अगाडी धेरै नै कामहरु छन् । म समर्थकहरुलाई क्लबसँग एक पटक फेरि कनेक्ट हुँदै स्टेडियममा जानका लागि आग्रह गर्दछु किनभने हामीलाई पर्याप्त तागत र एकता चाहिएको छ । हाम्रो आकांक्षा भनेको क्रुजेरोलाई एक पटक फेरि उत्कृष्ट टोली बनाउनु हो,” क्लब अध्यक्ष सर्जियो सान्तोष रोद्रिगेजले आफ्नो सामाजिक सञ्चालमा पोस्ट गरेको भिडियोमा रोनाल्डोले भनेका छन् ।

ग्लोबस्पोर्टे डट कमका अनुसार क्रुजेरोको प्रमुख शेयर होल्डर हुनका लागि रोनाल्डोले क्लबलाई ६० मिलियन युरो दिने छन् ।

गत सिजन स्पेनिस फुटबलको दोश्रो श्रेणीमा झरेको भालाडोलिडमा पनि रोनाल्डो २०१८ देखि प्रमुख लगानीकर्ता रहँदै आएका छन् ।

रियो दि जानेरोका रोनाल्डोले बेल होरिजोन्टको क्लब क्रुजेरोका लागि सन् १९९३ मा डेब्यु गर्दा उनी १६ बर्षका थिए । क्रुजेरोका लागि नै उनले पहिलो सिजनमा ५६ खेलमा ५८ गोल गरेपछि उनलाई अमेरिकामा भएको १९९४ बिश्वकपका लागि टिममा बोलाइएको थियो ।

रोनाल्डोले पुरै बिश्वकप बेञ्चमै बिताउदै उपाधि समेत उचालेका थिए । बिश्वकपपछि क्रुजेरोले उनलाई डच क्लब पिएसभी आइन्डहोभनमा बेचेको थियो ।

त्यसपछि उनी बार्सिलोना, इन्टर मिलान, रियल म्याड्रिड र एसि मिलानका लागि चम्कदै अन्त्यमा २०११ मा घरेलु क्लब कोरिन्थियन्सबाट खेल्दै व्यवसायिक करिअरको अन्त्य गर्न पुगेका थिए ।

Click to comment

Trending