Headline

ए डिभिजन लिगः फेरि बराबरीमा रोक्कियो थ्रि स्टार

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा थ्रि स्टार क्लब लगातार तेश्रो पटक बराबरीमा रोक्किएको छ । दशरथ रँगशालामा शनिबार भएको दोश्रो खेलमा थ्रि स्टार न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोक्कियो ।

बराबरीपछि ६ अंकका साथ थ्रि स्टार छैटौ स्थानमै कायम रहेको छ । जित हात पारेको खण्डमा थ्रि स्टार संकटालाई पछि पार्दै चौथो स्थानमा उक्लने थियो । एनआरटी भने आठौंबाट सातौं स्थानमा उक्लिएको छ ।

६ अंक रहेको एनआरटीले पाँच अंक रहेको ब्रिगेड बोइज क्लबभन्दा एक खेल कम खेलेको छ ।

शनिबार पोखरामा पहिलो पटक ए डिभिजन लिग भित्रदा घरेलु टोली मनाङ मस्र्याङ्गदी क्लब नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको थियो । डिफेन्डिङ्ग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब ११ अंकका साथ दोश्रो स्थानमा छ भने समान ९ अंक रहेका त्रिभुवन आर्मी फुटबल क्लब र संकटा गोल अन्तरको आधारमा क्रमश तेश्रो र चौथो स्थानमा रहेका छन् ।

शनिबार रँगशालामा दुवै टोलीले केही राम्रा मुभहरु बनाएपनि त्यसलाई गोल गर्ने सुनौलो अवसरमा समेत परिणत गर्न सकेका थिएनन् ।

पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्दै आकर्षक शुरुवात गरेको थ्रि स्टारले त्यसपछिका चार खेलमा मात्र तीन अंक जोडेको छ । थ्रि स्टार पराजित भएको एक मात्र खेलमा सातदोबाटो युथ क्लबसँग हार्न पुगेको थियो ।

सातदोबाटो ८ अंक सहित पाचौं स्थानमा रहेको छ । शनिबारकै पहिलो खेलमा जारी लिगको पहिलो जित हात पार्दै जावलाखेल युथ क्लबले च्यासललाई १–० ले पराजित गरेको थियो ।

Click to comment

Trending