राष्ट्रिय

बागमती माथि लुम्बिनीको सहज जित 

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय कप अन्तर्गत लुम्बिनी प्रदेशले बागमती प्रदेश माथि सात विकेटको सहज जित हात पारेको छ ।

फाप्ला क्रिकेट मैदानमा आजको दोश्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा सात विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो भने जबाफी ब्याटिङ गरेको लुम्बिनीले १२ दशमलब पाँच ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

लुम्बिनीको जितमा ब्याटिङ तर्फ कप्तान सरस्वती जिएमले अविजित रहँदै सर्वाधिक २९ रनको पारी खेलिन् भने बलिङ तर्फ मधु डिसीले तीन विकेट हात पारिन् । 

सरस्वतीले २५ बलको सामना गर्दै पाँच चौका प्रहार गरिन् भने नितु भण्डारीले १४, सरस्वती पुनले अविजित नौ तथा ओपनरद्वय नेरी थापा र लक्ष्मी चौधरीले दुई रनको योगदान दिए ।

बागमतीलाई सानो योगफलमा रोक्ने क्रममा मधुले चार ओभरमा १३ रन खर्चिएर तीन विकेट हात पारेकी हुन् भने सुष्मिता भुषालले पनि आफ्नो नाममा दुई विकेट दर्ता गर्न सफल रहिन् ।

बागमतीको तर्फबाट ओपनर तथा विकेट किपर हेलिषा गुरुङले ५३ बलको सामना गर्दै सर्वाधिक २८ रन बनाइन् भने बाँकी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।    

आज नै सम्पन्न पहिलो खेलमा कर्णाली प्रदेश मात्र ६ रनमा अलआउट हुँदा प्रदेश १ ले १६० रनको फराकिलो जित आत्मसाथ गरेको थियो ।     

 

Click to comment

Trending