Headline

घरेलु मैदानमा जित हात पार्दै मनाङ शिर्ष स्थानमा फर्कियो

Published

on

पोखरामा पहिलो पटक शहीद स्मारक ए डिजिन लिग भएको दिन घरेलु टोली मनाङ मस्र्याङ्गदी क्लब शान्दार जित हात पार्दै अंक तालिकाको शिर्ष स्थानमा फर्किएको छ ।

पोखरा रँगशालामा भएको घरेलु खेलमा मनाङले बिभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्यो । मनाङको जितमा अञ्जन बिष्टले दुई गोल गर्दा पुलिसका गोलकिपर रोशन खड्काको प्रदर्शन बिर्सन लायक रह्यो । मनाङ पाँच खेलबाट १३ अंक सहित शिर्ष स्थानमा फर्किएको हो भने उसले दोश्रो स्थानको मच्छिन्द्रसँग दुई अंकको अग्रता लिएको छ ।

मच्छिन्द्रले शुक्रबार संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो । त्रिभुवन आर्मी फुटबल क्लब र संकटाको समान ९ अंक रहेको छ । सातदोबाटो युथ क्लब ८ अंक सहित पाचौं स्थानमा छ ।

मनाङको डिफेन्सबाट आएको लामो पासलाई रोशनले राम्ररी जज गर्न नसक्दा बल पाएपछि अञ्जनले सहजै खाली पोस्टमा गोल गर्दै मनाङ्गलाई अग्रता दिलाएका थिए ।

३५ औं मिनेटमा पुलिसले पेनाल्टी मार्फत बराबरी गोल फर्कायो । पुलिसका लागि सुमन लामाले गोल गरेका थिए । पहिलो हाफमा गोलरहित बराबरी भएपछि मनाङले दोश्रो हाफमा थप दवाब बनायो ।

अञ्जनले ७३ औं मिनेटमा लो फ्रि–किकमार्फत गोल गर्दै मनाङको अग्रता फर्काए । पुलिस बराबरीका लागि दवाब बनाउदै गर्दा मनाङले पुन काउन्टर अट्याकमा गोल गर्यो ।

८२ औं मिनेटमा ओलावाले ओलादिपो अफिजको प्रहारलाई पुलिस गोलकिपर ले फुत्काएपछि निशान लिम्बुले गोललाईन नजिकैबाट गोल गर्दै मनाङको जित सुनिश्चित गरेका थिए ।

Click to comment

Trending