Headline

नेपाल साफ अण्डर–१९ च्याम्पियनसिपको फाइनल नजिक

Published

on

नेपाल साफ महिला अण्डर–१९ च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । शुक्रबार ढाकामा भएको खेलमा नेपाल भुटानलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।

आफ्नो तीन मध्ये दुईमा जित र एकमा बराबरी गरेको नेपालको ७ अंक भएको छ । आयोजक बंगलादेशको पनि ७ अंक छ । तेश्रो स्थानमा रहेको भारतको ६ अंक छ ।

फाइनल प्रवेशका लागि नेपालले आफ्नो अन्तिम खेलमा भारतलाई बराबरीमा रोकेपनि पर्याप्त हुनेछ । बंगलादेशले अन्तिम लिग खेलमा तीनै खेलमा पराजित श्रीलंकासँग खेल्न गइरहेको छ । भुटान र श्रीलंका दुवै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

भारत बंगलादेशसँग पराजित भएको थियो । राउण्ड रोबिन लिगपछि शिर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।

शुक्रबार खेलको दोश्रो मिनेटमै नेपालले मेनुका आले मगरको गोल मार्फत अग्रता लिएको थियो । १८ औं मिनेटमा कुशुम खतिवडाले अग्रतालाई दोब्बर बनाइन् । २९ औं मिनेटमा रजनी थोकरले गोल गरेपछि नेपालले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो ।

मेनुकाले ७२ औं मिनेटमा दोश्रो गोल गर्दै नेपालको फराकिलो जित सुनिश्चित पारिन् ।

Click to comment

Trending