Headline

ए डिभिजन लिगः मच्छिन्द्र र संकटाबीच गोलरहित बराबरी

Published

on

अपराजित मच्छिन्द्र फुटबल क्लब र संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंक बाडेका छन् । दशरथ रँगशालामा भएको शुक्रबारको दोश्रो खेलमा दुई टोलीले गोलरहित बराबरी खेले ।

बराबरीपछि मच्छिन्द्र पाँच खेलबाट ११ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ तर उसले दोश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबभन्दा एक खेल कम खेलेको छ । मनाङको १० अंक छ ।

संकटा भने ९ अंकका साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहेको छ । समान पाँच खेल खेलेको संकटा र त्रिभुवन आर्मी फुटबल क्लबको ९ अंक छ । मनाङले पाचौं चरणको खेलमा नेपाल पुलिस क्लबबिरुद्ध खेल्नेछ ।

शुक्रबारको पहिलो खेलमा सातदोबाटो युथ क्लब र आर्मीले पनि १–१ गोलको बराबरी खेलेका थिए । मात्र एक खेलमा पराजित सातदोबाटो ८ अंक सहित पाचौं स्थानमा छ ।

थ्रि स्टार क्लब, ब्रिगेड बोइज क्लब, पुलिस र न्युरोड टिमको चार खेलपछि समान पाँच अंक छ ।

संकटालाई शिर्ष स्थानमा उक्लने सुनौलो अवसर थियो तर लिगको चौथो अपराजित टोली स्पष्ट नतिजा निकाल्न असफल रह्यो । खेलमा दुवै टोलीले केही मौकाहरु सृजना त गरे तर त्यसलाई गोल गर्ने अवसरमा परिणत गर्न असफल रहे ।

मच्छिन्द्रका मनिष डाँगीले गोल गरेपनि त्यसलाई अफसाइड दिइएको थियो । खेलको म्यान अफ द म्याच संकटाका कप्तान रवि सिल्वाल घोषित भएका थिए ।

Click to comment

Trending