Headline

आर्मी सातदोबाटोसँग बराबरीमा रोक्कियो

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो पहिलो सिजनमै प्रभावशाली प्रदर्शन गर्दै आइरहेको सातदोबाटो युथ क्लबले अर्को राम्रो नतिजा निकालेको छ ।

सातदोबाटोले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई १–१ गोलको बराबरी रोक्यो । दिनेश हेन्जनको गोलले अग्रता लिएको आर्मीलाई अफ्रिकी खेलाडी अजेयी मार्टिन्सले बराबरीमा रोकेका थिए ।

यो सिजन शुरुवाती पाँच मध्ये एकमा मात्र हार व्यहोरेको सातदोबाटो ८ अंक सहित गोल अन्तरको आधारमा चौथो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको संकटा क्लब पाचौंमा झरेको हो ।

स्पष्ट नतिजा निकाल्न असफल हँुदा आर्मी भने शिर्ष स्थानमा उक्लने सफल भएको छ । आर्मीको ९ अंक छ भने एक खेल कम खेलेका मच्छिन्द्र फुटबल क्लब र मनाङ्ग मस्र्याङ्गदी क्लब समान १० अंक रहेपनि गोल अन्तरको आधारमा क्रमश पहिलो र दोश्रो स्थानमा रहेका छन् ।

यद्दपि आर्मीको अपराजित यात्रा भने कायमै रहेको छ । मच्छिन्द्र, मनाङ र संकटा लिगमा अपराजित अन्य तीन टोली हुन् ।

शुत्रबार आक्रमक शुरुवात गरेको आर्मीले १० औं मिनेटमा नै दिनेशको गोलमार्फत अग्रता लिएको थियो । तर ६ मिनेटपछि नै सातदोबाटो खेलमा फर्कियो । उसका लागि मार्टिन्सले लिगको आफ्नो दोश्रो गोल गरेका थिए ।

त्यसपछि खेलमा दुवै टोलीले अवसर बनाए पनि गोलमा परिणत गर्न भने असफल रहे ।

Click to comment

Trending