अन्तर्राष्ट्रिय

पर्थ विरुद्ध सन्दिपको सामान्य प्रदर्शन 

Published

on

बिग ब्यास लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले पर्थ स्कोर्चर्स विरुद्ध सामान्य प्रदर्शन गरेका छन् । 

आफ्नो पहिलो ओभरको पहिलो बलमा नै विकेट हात पार्दै उत्कृष्ट सुरुवात गरेका सन्दिपले त्यस पछि भने खासै कमाल गर्न सकेनन् र चार ओभरमा ३२ रन खर्चिए । 

जारी सिजनमा सन्दिपले तीन खेलमा दुई विकेट मात्र हात पार्न सकेका छन् । सिड्नी सिक्सर्स विरुद्धको पहिलो खेलमा चार ओभरमा २४ रन खर्चिएका सन्दिपले एक विकेट मात्र हात पार्न सकेका थिए भने दोश्रो खेलमा दुई क्याच ड्रप र एक स्टम्पिङको अवसर गुम्दा २४ रन दिएर विकेट मिहिन रहन पुगेका थिए ।

आजको खेलमा होबार्ट हरिकेन्सको लागि छैठौं ओभर लिएर आएका सन्दिपले आफ्नो पहिलो बलमा दुई रन बनाएका जश इंग्लिसको विकेट लिँदै उत्कृष्ट सुरुवात गरे । आफ्नो पहिलो ओभरमा सन्दिपले पाँच सिंगल सहित पाँच रन मात्र खर्चिन पुगे ।

दोश्रो ओभरमा महँगो साबित भएका सन्दिपले एक छक्का सहित कुल नौ रन दिए । होबार्टको लागि १३ औं ओभर लिएर आएका सन्दिपले आफ्नो तेश्रो ओभरमा दुई चौका सहित १० रन खर्चिन पुगे भने अन्तिम ओभरमा एक चौका सहित सात रन दिए ।      

Click to comment

Trending