Headline

महिला प्रधानमन्त्री कप पुष तीनबाट 

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुष तीन गतेबाट सुरु हुने भएको छ । 

राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपाल क्रिकेट संघ संयोजनमा आयोजना हुन लागेको प्रतियोगिता धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा पुष ११ गते सम्म खेलाइने छ । 

ट्वान्टी ट्वान्टी ढाँचामा खेलाइने प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह चरणमा समुह चरणमा सबै टोलीले आफ्नो समुहमा रहेका सबै टोलीसँग खेल्ने छन् । समुह चरणमा समुह विजेता र उपविजेता हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

समुह ए मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश तथा समुह बि मा नेपाल एपीएफ क्लब, सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ रहेका छन् ।   

प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता प्रदेश १ र कर्णाली प्रदेश भिड्ने छन् भने सोही दिनको दोश्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । 

Click to comment

Trending