Headline

च्याम्पियन्स लिगमा एक पटक फेरि मेस्सी भर्सेस रोनाल्डो

Published

on

च्याम्पियन्स लिगको नकआउट चरणमा एक पटक फेरि लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोबीच भिडन्त हुने भएको छ ।

सोमबार भएको ड्र मा रोनाल्डोको म्यानचेस्टर युनाइटेड र मेस्सीको पेरिस सेन्ट जमाईन अन्तिम १६ मा भिड्ने भएका हुन् । दुई टिमबीच चार सिजनमा तेश्रो पटक खेल हुन गइरहेको हो ।

फेब्रुवरीमा हुने पहिलो लेगमा पिएसजीले पेरिसमा युनाइटेडलाई स्वागत गर्दा रोनाल्डो र मेस्सी आमने सामने हुनेछन् । रोनाल्डो युनाइेड जानु केही दिन अघि मेस्सी बार्सिलोना छोड्दै पेरिस लागेका थिए ।

अन्य दुई ठूलो भिडन्तमा स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले जर्मन महारथी बायर्न म्युनिखको सामना गर्नेछ भने च्याम्पियन्स लिग डिफेन्डिङ्ग च्याम्पियन चेल्सीले फ्रेञ्च लिग वान बिजेता लिलसँग खेल्नेछ ।

२०१८–१९ सिजनमा ओले गुनार सोल्सायर व्यवस्थापक नियुक्त भएको पहिलो बर्ष युनाइटेडले ओल्ड ट्राफोर्डमै भएको पहिलो लेगमा २–० ले पछि रहेको अवस्थालाई उल्टाउदै दोश्रो लेगमा ३–१ को जित निकाल्दै अवे गोलका आधारमा क्वार्टर–फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

गत सिजन पनि समुह चरणमा एक आपसमा भिड्दा दुवै टोलीले अवे खेलमा जित हात पारेका थिए ।

यो सिजन मेस्सीको आगमनका बावजुद पिएसजी आफ्नो समुहमा म्यानचेस्टर सिटीसँग पछि पर्दै उपबिजेतामा सिमित भएको थियो भने युनाइटेडले आफ्नो समुहमा भिलारियाललाई पछि पार्दै शिर्ष स्थान ओगटेको थियो ।

सिटीले भिलारियालसँग खेल्नेछ भने अर्को इंगलिस टोली लिभरपुलले अष्ट्रियन लिग च्याम्पियन रेड बुल साल्जबर्गको सामना गर्नेछ । साल्जबर्ग पहिलो पटक च्याम्पियन्स लिगको नकआउट खेल खेल्दैछ ।

१३ पटकको किर्तिमानी च्याम्पियन्स लिग बिजेता रियल म्याड्रिड पोर्चुगिज टोली बेन्फिकाबिरुद्ध खेल्नेछ । यस्तै इन्टर मिलानले आयाक्स र अर्को पोर्चुगिज टोली स्पोर्टिङ्ग लिज्बनले युभेन्टसलाई प्रतिद्वन्दीको रुपमा पाएको छ ।

Click to comment

Trending