Headline

अपराजित संकटाको जितमा फेरि पनि निरजको गोल

Published

on

निरज बस्नेतले निर्णायक गोल गरेपछि संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबमाथि १–० को सांघुरो जित हात पारेको छ ।

दशरथ रँगशालामा भएको पहिलो खेलमा निरजको प्रतियोगिताको तेश्रो गोलसँगै संकटा अंक तालिकाको चौथो स्थानमा उक्लियो । चार खेल खेलेको संकटाको ८ अंक भएको छ । समान ८ अंक रहेको त्रिभुवन आर्मी फुटबल क्लब गोल अन्तरको आधारमा तेश्रो स्थानमा छ ।

मच्छिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्गदी क्लबको समान १० अंक छ तर डिफेन्डिङ्ग च्याम्पियन गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।

शिर्ष चार स्थानमा रहेका मच्छिन्द्र, मनाङ, आर्मी र संकटा मात्र हालसम्म लिगमा अपराजित टिमहरु रहेका छन् । पुलिस भने चार खेलमा पाँच अंकमात्र बटुल्दै अंक तालिकाको आठौं स्थानमा झरेको छ ।

दुई बराबरी र एक जित रहेको पुलिसको यो सिजनको पहिलो हार पनि बन्यो ।

संकटाले सांघुरो जित हात पारेपनि खेलमा उ पूर्ण रुपमा पुलिस माथि हावी रहेको थियो । टिमलाई शान्दार शुरुवात दिँदै निरजले १८ औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभिङ्ग हेडर प्रहार गर्दै लोभलाग्दो गोल गरेका थिए ।

त्यसअघि संकटाले अन्य केही अवसरहरु पनि गुमाएको थियो । पुलिसको लागि खेलको एक मात्र सुनौलो मौका पहिलो हाफ सकिनु भन्दा केही मिनेट अगाडी रह्यो । तर सिक्स यार्ड भित्र सुमन लामाको एक्रोब्याटिक प्रहारलाई संकटा गोलकिपर राजु बाबु थापाले दर्शनीय रुपमा बचाइदिएका थिए ।

Click to comment

Trending