Headline

सहज जितसँगै मच्छिन्द्र लिगको शिर्ष स्थानमा

Published

on

डिफेन्डिँग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

सुनिल बल, नुर्लान नोभ्रुजोभ र बिमल घर्ती मगरले गोल गरेपछि शनिबार मच्छिन्द्रले हिमालयन शेर्पामाथि ३–० को सहज जित हात पार्यो ।

समान १० अंक रहेपछि मच्द्धिन्द्रले गोल अन्तरको आधारमा मनाङ मस्र्याङ्गदी क्लबलाई पछाडी धकेल्दै शिर्ष स्थानमा उक्लिएको हो । लिगमा अर्को अपराजित टोली त्रिभुवन आर्मी क्लबको ८ अंक छ भने चौथो स्थानमा खस्किएको सातदोबाटो युथ क्लबको ७ अंक छ ।

पहिलो हार व्यहोर्ने क्रममा सातदोबाटो शनिबारको पहिलो एनआरटीसँग १–० ले पराजित भएको थियो ।

खेलको शुरुवात देखि नै शेर्पामाथि पूर्ण रुपमा दवाब बनाएको मच्छिन्द्रले २९ औं मिनेटमा अग्रता लियो । नुरेन करिमको फ्रि किकमा सुनिलले अघि बढेका शेर्पा गोलकिपर दिप कार्कीलाई सहजै बिट गर्दै गोल गरेका थिए ।

दोश्रो हाफमा पनि उत्तिकै हावी भएको मच्छिन्द्रले ६८ औं मिनेटमा अग्रता दोब्बर बनायो । बिशाल राईको कर्नर शेर्पा डिफेन्डर सुरेश कुमालबाट डिफ्लेक्ट भएपछि पाएको बलमा नुर्लानले सिक्स यार्ड भित्रबाट गोल गरे ।

बिमलले आन्द्रेस नियाको पासमा गोल गरेपछि मच्छिन्द्रले जारी लिगमा आफ्नो ठूलो जित दर्ता गर्दै उपाधिमाथिको दाबेदारी प्रस्तुत गर्यो ।

Click to comment

Trending