Headline

भाग्यले साथ नदिदा उत्कृष्ट बलिँगका बावजुद सन्दिप विकेट बिहिन

Published

on

लगातार उत्कृष्ट बलिङ प्रदर्शन गरे पनि फिल्डर र विकेट किपरको गल्तीका कारण नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछाने बिग ब्यास लिग अन्तर्गत आफ्नो दोश्रो खेलमा विकेट बिहिन रहन पुगेका छन् ।   

सिड्नी सिक्सर्स विरुद्धको खेलमा चार ओभर बलिङ गरेका सन्दिपले २४ रन खर्चिए भने तीनवटा विकेटको अवसर गुमाउन बाध्य हुँदा विकेट बिहिन रहन पर्यो । 

पहिलो ओभरमा आठ रन खर्चिएका सन्दिपले दोश्रो ओभरमा मात्र पाँच रन खर्चिए । आफ्नो दोश्रो ओभरको पहिलो र तेश्रो ओभरमा फिल्डरले क्याच छाड्दा सन्दिपले विकेट लिने अवसर गुमाउन पुगे । त्यस्तै दोश्रो ओभरको दोश्रो बलमा  सन्दिपले कप्तान मोजेस हेनरिकस विरुद्ध एलबीडब्लुको लागि लामो अपिल गरे पनि विकेट भने प्राप्त गर्न सकेनन् । 

त्यस्तै तेश्रो ओभरमा मात्र तीन रन खर्चिएका सन्दिपले यस ओभरमा पनि विकेटको अवसर गुमाउन पुगे । तेश्रो ओभरको अन्तिम बलमा बलमा पुग्नका लागि ब्याटर जश फिलिप्पे अघि बढे । तर सन्दिपको बलले उनलाई बिट गर्यो । उनी क्रिज भन्दा निकै टाढा रहेको भए पनि विकेट किपर म्याथ्यु वेडले बललाई समात्न सकेनन् र स्टम्पिङको अवसर खेर फाले ।     

उनले आफ्नो अन्तिम ओभरमा एक चौका सहित आठ रन दिन पुगे । 

सन्दिपले यस सिजनको बिग ब्यास लिगको आफ्नो पहिलो खेलमा सिड्नी सिक्सर्स विरुद्ध चार ओभर बलिङ गर्दै २४ रन खर्चिएर एक विकेट हात पारेका थिए । 

 

Click to comment

Trending