Headline

नेपाली क्रिकेटमा पुबुदु फर्कदै

Published

on

नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा एक पटक फेरि पुबुदु दासानायकेलाई नियुक्त गर्ने भएको छ ।

पछिल्लो पटक २०१७ मा आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपका दौरान कन्सल्टेन्ट कोचका रुपमा नेपाल सम्हालेका पुबुदु चार बर्षपछि नेपाली क्रिकेटमा फर्कन लागेका हुन् । यद्दपि उनले दशै अघि सम्पन्न एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लेडिएटर्स टोलीलाई सम्हालेका थिए ।

राष्ट्रिय टोलीका केही प्रमुख खेलाडीहरु क्यानले तैयार पारेको सेन्ट्रल कन्ट्रयाक्ट प्रति असन्तुष्टि जनाउनुका साथै बिभिन्न बिषयलाई लिएर नेपाली क्रिकेटको सर्वोच्च निकायसँग रोष प्रकट गरि रहदा पुबुदुको आगमन चासो बिषय बन्न सक्छ ।

पुबुदुको उपस्थितिमै क्यान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बनमा परेपछि पुर्व श्रीलंकन विकेटकिपर ब्याट्स्म्यानकै क्यानसँग सम्बन्ध राम्रो रहेको थिएन । यसअघि डेभ ह्वाटमोरलाई प्रशिक्षक नियुक्त गर्ने समयमा पनि क्यानका केही सदस्यहरुले पुबुदुलाई पुरानै बिवादका कारण नेपाल भित्र्याउन नसकिने मत ब्यक्त गरेका थिए ।

तर अहिले भने खेलाडीहरुसँगको बिवाद चरमबिन्दुमा पुग्दा भने पुबुदु नेपाल आउने भएका छन् ।

क्यानको रोजाईमा भने भारतीय प्रशिक्षक मोन्टी देसाई रहेका थिए । नेपालमै ब्याटिङ्ग कन्सल्टेन्टका रुपमा काम गरिसकेका मोन्टि नेपालको लागि धेरै महँगो रहनुका साथै उनको अन्य धेरै स्थानमा सकृयता रहेको कारण मोन्टी यो दौडबाट बाहिरिन पुगेका हुन् ।

२०१४ मा ट्वान्टी ट्वान्टी बिश्वकप खेलेको नेपाललाई एक पटक फेरि बिश्व क्रिकेटको ठूलो स्टेजमा पुर्याउने जिम्मेवारी पुबुदुको काँधमा हुनेछ । नेपालले फेब्रुवरीमा आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकपको ग्लोबल छनौट खेल्दैछ । ग्लोबल छनोटमा समुह ए मा रहेको नेपालले आयोजक ओमान, आयरल्याण्ड, युएई, फिलिपिन्स, क्यानडा, बहराइन र जर्मनीबिरुद्ध खेल्नेछ । समुहको शिर्ष दुई स्थानमा रहने टोली बिश्वकप पुग्ने छन् ।

 

 

Click to comment

Trending