Headline

च्याम्पियन्स लिगः बार्सिलोना १७ बर्षमा पहिलो पटक लिग चरणबाटै आउट

Published

on

खराब आर्थिक अवस्था र ला लिगाको प्रदर्शनसँगै स्पेनिस महारथी बार्सिलोना १७ बर्षमा पहिलो पटक युरोपको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरिएको छ ।

जित्नै पर्ने समुह इ को खेलमा बार्सिलोना मँगलवार राति जर्मन महारथी बायर्न म्युनिखसँग ३–० ले पराजित भयो । लिभरपुल र आयाक्सपछि यो सिजन समुह चरणका सबै खेल जित्ने अन्तिम टोली बायर्न यसअघि नै अन्तिम १६ को लागि छनोट भइसकेको थियो ।

बायर्नको १८ अंक रह्यो भने युक्रेनी टोली डिनामो किभलाई २–० ले हराएको पोर्चुगिज क्लब बेन्फिका ८ अंकका साथ दोश्रो स्थानमा रहदै नकआउट चरणमा पुग्यो । ७ अंकमा सिमित बार्सिलोना बेन्फिका हारेको खण्डमा मात्रै अर्को चरणमा पुग्ने थियो ।

“हामी अब शुन्यबाट नयाँ युगमा प्रवेश गर्दैछौं,” गत महिना क्लबलाई सम्हाल्न कतारी टोली छोड्दै स्पेन आइपुगेका बार्सिलोना लेजेण्ड जाभाी हर्नान्डेजले भने ।

लियोनल मेस्सीले गत बर्ष पिएसजी छोड्नु अघि बार्सिलोना अर्जेन्टिनी सुपरस्टारसँगको १७ बर्षे लामो च्याम्पियन्स लिग यात्रामा कम्तिमा पनि सबैमा नकआउट चरण प्रवेश गरेको थियो । उक्त युगमा बार्सिलोनाले चार च्याम्पियन्स लिग उपाधि पनि हात पारेको थियो ।

मेस्सीले क्लब छोडेपछि समुह चरणमा आफूले गरेका दुई गोल भन्दा बढी (तीन पटक) ३–० को नतिजा सुम्पेको बार्सिलोना अब युरोपा लिगको प्ले अफमा झरेको छ । तर बार्सिलोनाको पिडा यो भन्दा बढी छ ।

ला लिगामा सातौं स्थानमा रहेको बार्सिलोना दुई दशकमा पहिलो पटक च्याम्पियन्स लिग मै छनोट नहुने खतरामा छ क्लबको आर्थिक भारले पनि उसलाई साथ दिएको छैन । बार्सिलोना यस्तो अवस्थामा छ जहाँ उसले चाहेर पनि नयाँ खेलाडी ल्याउन सक्दैन र जाभाीको उपस्थितिले पनि क्लबलाई केही फरक नपार्न सक्छ ।

“हामीले बार्सिलोनालाई यो स्थितिसम्म ल्याएको हरेक कुराहरुमा मिहिनेत गर्न आवश्यक छ । अहिलेलाई यो नै हाम्रो यथार्थ हो । म अरु केही भन्न सक्ने अवस्थामै छैन,” जाभीले भने ।

बार्सिलोना निरन्तर खस्कदै गर्दा बायर्न भने आफ्नै नयाँ उचाई छुने तरखरमा छ । बायर्नले समुह चरणमा २२ गोल गर्यो जुन बार्सा, बेन्फिका र डिनामो किभले संयुक्त रुपमा गरेको भन्दा दोब्बर हो । बुधवार भारी हिमपातका कारण खेल अबेर समाप्त हुँदा बायर्नका लागि थोमस मुलर, लिरोय साने र जमाल मुसियालाले गोल गरेका थिए ।

Click to comment

Trending